‘ड्रागन खेती’ मा रमाउँदै राना

0
151
Dragon fruit slice on yellow background / Fresh pitaya summer tropical fruit concept
Google search engine

स्याङ्जाको पुतलीबजार १३ का मुक्तबहादुर रानाले पन्ध्र वर्ष अघि ड्रागन खेती सुरु गर्नुभएको हो । चार वटा बेर्ना घरमा ल्याएर लगाउनुभएका राना सोही खेतीलाई ब्यावसायिकरुपमा अगाडि बढाउन सफल हुनुभयो । चार वटा बोटबाट उत्पादन राम्रो हुन थालेपछि उहाँले हाँगा काट्दै नर्सरी गरी बेर्ना बनाउनुभयो ।
सुरुमा लगाईएका चार वटा बेर्नाले उहाँलाई ब्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो । अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकै लगायतका खाद्यान्न बालीहरु नलगाई ड्रागन खेती थाल्नुभयो । खेती राम्रो हुँदै गएपछि यसैलाई ब्यवसायिकरुपमा अगाडि बढाउने निचोडमा पुग्नुभयो । पन्ध्र वर्ष अघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि वर्षेनी आँफैले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उहाँ बताउनुहुन्छ । कृषि विज्ञहरुसँगको परामर्शपछि ड्रागन खेती थालिएको उहाँले बताउनुभयो ।
“चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर ब्यावसायिक उत्पादन थालेको थिएँ” उहाँले भन्नुभयो, “ड्रागन बिक्री गरेर गतवर्षमात्रै रु. साठी हजार आम्दानी भएको थियो ।”
आँफैले उत्पादन गरेका बेर्नाहरु वर्षेनी थप गर्दै जाँदा अहिले उहाँसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्नाहरु रहेका छन् । आगामी वर्षमा पनि करीब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उहाँको अनुमान छ । जसबाट रु. दुई लाख आम्दानी हुने अपेक्षा उहाँको छ ।
करीव दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले बृद्धि हुने उहाँ दावी गर्नुहुन्छ । प्रतिकेजी छ सयका दरले सबै बोटले फल दिंदा एक सिजनमा रु. पन्ध्र लाख आम्दानी हुन उहाँको अनुमान छ । यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारहरुमा सहजरुपमा बिक्री भईरहेको छ । अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले माग अनुसार पु¥याउन नसकिएको उहाँले बताउनुभयो ।

Google search engine
Google search engine