मंसिर ७, वालिङ ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) स्याङ्जाको १५ औं वार्षिक साधारणसभा तथा वनभोज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुँदै कम्प्युटर एशोसियसन नेपाल महासंघका केन्द्रीय उपाध्यक्ष हर्ख सेट्ठीले बढ्दो आधुनिकतासँगै व्यावसायलाई पनि प्रविधिमैत्री बनाउँदै अगाडि बढ्नकालागि क्यानमा आवद्ध व्यावसायीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा क्यानका केन्द्रीय सदस्यहरु चिन्तमणि बाँस्तोला, खड्क गुरुङ, गण्डकी प्रदेश अध्यक्ष गुणनिधि पाण्डे, गण्डकी प्रदेश सचिव कृष्ण बस्याललगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । क्यान स्याङ्जाका अध्यक्ष ऋषिराम रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत गोविन्द गैह«ेले र सञ्चालन दीपक पौडेलले गर्नुभएको थियो ।





