“सम्झनामा महामानव बिपी कोइराला !”

0
171
Google search engine

सबै नेपालीको एउटा सानो घर होस्।

Google search engine

गरी खान पुग्ने खेतबारी होस्।

एउटा दुहुने गाई होस्।

छोराछोरीले स्कुल पढ्न पाऊन्।

स्वास्थ उपचार गर्न पाऊन्।

यहि हो नेपालको सन्दर्भमा समाजवाद।

         – महामानव वी.पी.कोइराला

         – विश्वेश्वर प्रसाद कोइराला अर्थात् वि.पी. कोइराला नेपाली राजनैतिक आकाशका एक नक्षत्र एवं युग पुरुष। 

नेपालमा प्रजातान्त्रिक समाजवादका सुत्राधार, नेपाली साहित्यका यौन मनोवैज्ञानिक साहित्यकार तथा नेपाली काङ्ग्रेसका शिखर पुरुष साथै नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक महामानव स्व. बिपी कोइरालाज्युको १११औं जन्मजयन्तीको अवसरमा उहाँप्रती भावपुर्ण श्रदासुमन अर्पण गर्दछौं ! नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिनुभएको थियो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । २००७ साल पश्चात आफ्नो पार्टी सत्तामा रहेको छोटो अवधिमा अपनाइएका कतिपय नीति कार्यक्रमहरुमा समाजवादी दर्शन प्रतिविम्वित थिए । बीरगञ्जमा सम्पन्न पार्टीको छैटौ महाधिवेशनले प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता विधिवत रुपमा घोषणा गरेको थियो । बि.पी.लाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । प्रजातन्त्रले राजनीतिक समानता स्थापित गर्छ र समाजवादले आर्थिक समानतालाई आश्वस्त पार्छ भन्ने उहाँको धारणा थियो । सो महाधिवेशनले संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्रप्रतिको प्रतिबद्धतालाई पारित गरेको थियो । पारित नीतिमा मन्त्रिपरिषद लोकप्रिय जनमत प्राप्त संसदप्रति जवाफदेही हुने भनिएको थियो। राजनीतिक एजेण्डाका अन्य बुँदाहरुमा लोकतान्त्रिक अभ्यासमा आएको जनताको बालिग मताधिकार, एक सदनात्मक संसद, विकेन्द्रीकृत प्रशासनिक संरचना, जाति, लिङ्ग र धर्मबीचको विभेदरहित मौलिक अधिकार, स्वतन्त्र न्यायालय, लोक सेवा आयोग, महालेखापरीक्षक, सामन्तवादी संरचनाको अन्त्य आदि रहेका थिए । आर्थिक क्षेत्रतर्फ भूमिसुधार उच्च प्राथमिकतामा थियो । यस अन्तर्गत जमिन्दारी प्रथाको अन्त्य, भूमिको संरचनामा परिवर्तन, किसानको जीवनस्तरमा सुधार तथा जमिनको उत्पादकत्व बढाउने विषयउपर मुख्य नीतिगत प्राथमिकता थियो । भूस्वामित्वको पुनःसंरचनाको नीति अन्तर्गत जमिन्दारी प्रथाको अन्त्य, बिर्ता उन्मुलन तथा वनको राष्ट्रियकरण, भूमिको स्वामित्वमा हदबन्दी तथा जमिनको पुनर्वितरण रहेका थिए । वास्तविक किसान तथा उत्पादकको हातमा जमिन हस्तान्तरण हुँदा उत्पादकत्व बढ्छ भन्ने विश्वास रहेको थियो । सिंचाई सुविधा, कृषि उपकरण, बीउ विजन र साहुहरुको महंगो ब्याजबाट मुक्ति दिलाउन सुविधाजनक र सुलभ कृषि कर्जाको व्यवस्था राज्यको दायित्व मानिएको थियो । त्यसैगरी सहकारी खेतीको प्रवद्र्धन, भएको सरकारी जमिनमा कृषि फार्म, टुक्रा जमिनको एकीकरण जस्ता यसै अन्तर्गतका अन्य नीति तथा कार्यक्रमहरु घोषणा गरिएका थिए । 

नेपाली राजनितिको इतिहासमा स्वर्णिम अक्षरले अग्रस्थानमा नाम लेखिएका महमानव बिपी कोइराला राजनितिमा लोकतन्त्रवादी र साहित्यमा अराजक भुमिका निर्वाह गर्ने कालजयी पात्र हुन् । मुलुकलाइ परेका हरेक संकटमा बेला उहाँका महावाणीले मात्रै पनि निकासको बाटो तयगर्ने गरेको धुर्वसत्य यथार्थलाइ उजागर गर्नका निम्ति पनि बिपी स्टडी युथ सर्कल वालिङ् नगर-कार्यसमिति ,स्याङ्जा सकृयरुपले लागि रहने प्रतिबद्धता व्यक्त गर्दछौं  । जय नेपाल !

– सागर  डुम्रे 

(अध्यक्ष )

बिपी स्टडी युथ सर्कल वालिङ् ,स्याङ्जा

Google search engine