वालिङ, १० असोज ।
वालिङ, ८ काफलडाँडा स्थित तेज प्रगति आधारभुत विद्यालयमा एक लाख बढिको अक्षयकोष स्थापना गरिएको छ । बुधबार विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा १ लाख १ हजार १ सय पाँच रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । वालिङ, ८ काफलडाँडा घर भई हाल काठमाण्डौ लाजिम्पाट २ बस्दै आउनुभएका समाजसेवी थान प्रसाद शर्मा पंगेनीले आफ्ना बुवाआमाको स्मृतिमा बोधराज विष्ण्ुाकुमारी अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयले जनाएको छ ।
बुधबार पंगेनीको उपस्थितीमा उक्त रकम प्रदान गरिएको अक्षयकोषबाट यस विद्यालयमा अध्ययन गर्ने जेहेन्दार, गरिब तथा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी स्थापना गरिएको होे । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको धन्यवाद ७ नं वडा सदस्य याम थापाले र सञ्चालन विद्यालयका प्रध्यानाध्यापक कमल गैह्रेले गर्नुभएको थियो । समाजसेवी पंगेनी सरकारी सेवामा रहेर परराष्ट्र मन्त्रालयबाट सेवा निवृत्त हुनुहुन्छ ।