जनताका आधारभूत आवश्यकता पूरा गर्छु ः मन्त्री अर्याल

0
212
Google search engine

गण्डकी प्रदेशका उर्जा, सिञ्चाई तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जनताका आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार स्याङ्जाको गल्याङ ५ स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालयको प्रथम ऐतिहासिक अभिलेखीकरण तथा ६४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले हिजो निर्वाचनका बेला जनतासंँग गरेका वाचाहरुलाई पूरा गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले देशमा संघीय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभूत आवश्यकताहरु पूरा हुन नसकेको बताउँदै गठबन्धन सरकारसंँग बसेर स्याङ्जाका दूरदराजका गाउँबस्ती र वडाबाट विकास निर्माण अभियानको थालनी गर्ने बताउनुभएको हो ।
प्रदेश सरकारले एक घर – एक धारा अभियान ल्याएको भन्दै त्यो अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि वर्तमान सरकार लागिपरेको मन्त्री तिवारीले बताउनुभयो । सडक पूर्वाधारको विकास गर्दै स्थानीयले उत्पादन गर्नुभएको उपजहरुको बजारीकरण गर्दै जिल्लाका विकट मानिएका वडाहरुको पहिचान गरी नागरिकको जीवनस्तरलाई सहज बनाउने प्रयास प्रदेश सरकारले गर्ने मन्त्री तिवारीको भनाई थियो ।

Google search engine

गण्डकी प्रदेशका सांसद महेश भट्टराईले सामुदायिक विद्यालयमा राज्यले धेरै खर्च तथा लगानी गरेको भन्दै अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिएको बताउनुभयो । प्रतिविद्यार्थी राज्यले हजारौं खर्च गरेपनि सोही अनुसारको उपलब्धी लिन नसकिएको अवस्थामा राज्यका सम्बन्धित निकाय तथा शिक्षक, अभिभावक र विद्यार्थी पनि यसमा गम्भीर हुनुपर्ने सांसद भट्राईको भनाई छ ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, संस्थापक देवीप्रसाद बस्याल, पूर्व अध्यक्ष जयबहादुर भट्टराई लगायतले ग्रामीण क्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गरेर बसाई सराई रोक्नु पर्ने र विद्यार्थीहरुलाई व्यवहारिक जीवन उपयोगी शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व प्रअहरु, पूर्व शिक्षक लगायतलाई सम्मान साथै स्मारिका विमोचन गरिएको थियो । कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको कार्यक्रम तीन दिनसम्म सञ्चालन भई ३० गते सम्पन्न भएको थियो ।

Google search engine