सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा न्यौपाने

0
162
Google search engine

रेडियो आँधीखोला
वालिङ, २१ फागुन ।
सञ्चारिका समूह स्याङ्जाको चौँथो अधिवेसन बुधबार सम्पन्न भएको छ । वालिङमा सम्पन्न अधिवेसनले साधना न्यौपानेको अध्यक्षतामा नयाँ समिति सर्वसम्म चयन गरेको छ । अधिवेसनको उद्दघाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाले महिला पत्रकाहरुको हकहित र क्षमता विकास गरी महिला पत्रकाहरुलाई गोलबद्ध गर्ने संस्था सञ्चारिका भएकाले संस्थासंग हातेमालो गर्दै पत्रकार महासंघ अगाडि बढ्ने बताउनुभयो ।
पछिल्लो समय विकास भएको प्रविधिले पत्रकारिता क्षेत्रमा विकृति र फाईदा दुवै आएको भन्दै विकृतिलाई चिर्दै फाईदाको उपयोग गरी महिला पत्रकाहरु पत्रकारिता क्षेत्रमा सशक्त ढंगले अगाडि बढ्न सक्ने बताउनुभयो । स्याङ्जामा महिला पत्रकारहरुको विकास र वृद्धिका लागी पत्रकार महासंघ प्रतिवद्ध रहेको अध्यक्ष कोईरालाले बताउनुभयो । कार्यक्रममा सञ्चारिका समूहका पुर्व अध्यक्ष तथा सल्लाहकार भवानी अधिकारी र सञ्चारिका सल्लाहकार तथा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले सञ्चारिकाको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम अध्यक्ष कला रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव आरती कुँवरले गर्नुभएको थियो । अधिवेसनले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा आरती कुँवर, सचिवमा क्रान्ती अर्याल, सहसचिवमा संगिता थापा र कोषाध्यक्षमा अनिता गौतम रहनुभएको छ । त्यस्तै सदस्यहरुमा पुजा खड्का, संगिता ठडराई, रुपा खाम्चा, फुलमाया भट््टराई रहनुभएको छ । त्यस्तै सल्लाहकारमा भवानी अधिकारी, शान्ता थापा र कला राना रहनुभएको छ ।

Google search engine
Google search engine