वालिङ ११ भौभकामा निशुल्क आँखा परीक्षण शिविर

0
260
Google search engine

वालिङ, २ भदौ ।
स्याङ्जाको वालिङ नगरपालिका ११ भौभकास्थित स्वरेक कालिका आधारभूत विद्यालयमा निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ । वालिङ नगरपालिका कार्यालयको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आईतबार सञ्चालन भएको शिविरमा एक सय ४० जनाले सेवा लिएका वालिङ ११ का वडा अध्यक्ष डण्डु पंगेनीले जानकारी दिनुभयो ।

Google search engine

आँखा परीक्षण शिविरमा १४ जनामा मोतियाविन्दु देखिएको थियो । मोतियाविन्दु देखिएका आँखाका बिरामीहरुलाई गह«ौं प्राथमिक अस्पताल वालिङमा भदौ ४ र ५ गते दुई दिन निशुल्क अप्रेशन गरिने भएको वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।

Google search engine