वालिङ, १८ चैत ।
लागु औषध तथा कुलतको अन्त्यका लागी सचेतना तथा परामर्शमूलक कार्यक्रम सोमबार वालिङ नगरपालिका सभाहलमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा जीवन बाटिका नेपाल स्याङ्जा र लियो क्लब अफ वालिङ सिटिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले लागु औषधको नियन्त्रणका लागी यस्ता सचेतनामुलक कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । लागुपदार्थ दुव्र्यसनीका बेफाईदा तथा समस्याका बारेमा अभिभावक तथा युवापुस्ता सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । प्रमुख खांणले भन्नुभयो, “पछिल्लो तथ्यांक हेर्ने हो भने विश्वमा वार्शिक २१ लाख मानिस दुव्र्यसनीका कारण ज्यान गुमाएका छन् ।
विषेशगरी २५ देखि २९ वर्षभित्रका युवायुवतीहरु कुलतबाट प्रभावित हुने गरेको देखिएको छ ।” पारिवारिक, सामाजिक, आर्थिक तथा कानुनी हिसाबले यो दुव्र्यसनी विश्वको ठुलो चुनौती बनिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही भन्दा मनदेखि आएको सकरात्मक सोँचले ठुलो सहयोग पुग्ने प्रमुख खांणेको भनाई छ । कार्यक्रममा नगरपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष पदमराज गुरुङले यस्ता कार्यक्रम हरेक मावि स्तरका विद्यालयहरुमा गर्न आवश्यक रहेको भन्दै नयाँ पिँढीलाई सामाजिक, राजनीतिक र आर्थिक सचेतनाको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वडा प्रहरी कार्यालयका प्रमुख तथा डिएसपि वसन्त पाठक, जिवन बाटिका नेपालका पुर्व अध्यक्ष नविन अर्याल, सहभागि प्रकाश डुम्रेलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रम जीवन बाटिका नेपालका अध्यक्ष समिर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल र सञ्चालन लियो जिल्ला परिषद ३२५ एम नेपालका उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले गर्नुभएको थियो । कार्यक्रममा आमा समुहका पदाधिकारी तथा क्लबका पदाधिकारी, सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा मानसिक स्वास्थ्यका काउन्सिलर रुमा प्रधानले कुलतमा फस्न नदिन तथा फसेकाहरुलाई कसरी समाजमा पुर्नरुत्थान गर्ने लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।