गरिमा विकास बैंकको अध्यक्षमा खाँण निर्वाचित

0
123
Google search engine

तोलाकान्त बगाले
वालिङ, २९ पुस ।

Google search engine

गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा दिलीपप्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा भएको बैंकको १८ औं साधारणसभाबाट अध्यक्षमा खाँण सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको हो । गाउँमा स्थापना भएर शहर छिरेको बैंककोरुपमा पहिचान बनाएको गरिमा विकास बैंकको अध्यक्षमा खाँणसहित सञ्चालकमा श्यामप्रसाद बस्याल, दीपेन्द्र श्रेष्ठ, बिमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला रहनुभएको छ । खाँणले यसअघि पनि गरिमा विकास बैंकको अध्यक्ष रहेर कार्य सम्पादन गरिसक्नुभएको छ ।

गरिमा विकास बैंकको अध्यक्ष हुँदाका बखत नै २०७४ सालमा वालिङ नगरपालिकाको प्रमुखमा बिजयी हुनुभएसँगै अध्यक्षबाट राजीनामा दिनुभएको थियो । स्मार्ट वालिङका परिकल्पनाकारसमेत रहनुभएका खाँण नगर प्रमुख हुँदा वालिङ नगरपालिकाले देशैभर चर्चा बटुल्दै उत्कृष्ट पालिकाकोरुपमा पुरस्कृत हुँदै आएको थियो । खाँण नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ ।

Google search engine