प्राविधिक शिक्षाले नै स्वरोजगार बनाउँछ : पौडेल

0
311
Google search engine

वालिङ, २८ असार ।

Google search engine

केही दिन अगाडि मात्र SEE को परीक्षाफल प्रकाशित भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा राम्रो आएको छ। विद्यार्थी र अभिभावक दुवैमा यति बेला अन्योल सिर्जना भएको हुन्छ। आफ्नो बाबु नानीलाई कुन विषय पढाउने र कहाँ पढाउने भनेर । हाम्रो देशको वर्तमान अवस्था हेर्ने हो भने सरकारले दुई प्रकारको शिक्षा पद्दति अपनाएको छ : सामान्य शिक्षा र प्राविधिक शिक्षा। सामान्य शिक्षा तर्फ मानविकी,शिक्षा,व्यवस्थापन संकाय पर्दछ भने प्राविधिक शिक्षा तर्फ इंजीनियरिंग, स्वास्थ्य सम्बन्धीका कार्यक्रम(फार्मेसी, नर्सिङ,ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट), कृषि बाली, कृषि पशु विज्ञान जस्ता विषय पर्दछन्। सामान्य शिक्षा पढेको मानिस संग सीप हुँदैन भने प्राविधिक शिक्षा पढेको मानिस संग सीप हुन्छ। जसको हातमा सीप हुन्छ उसले सजिलै संग रोजगारको अवसर प्राप्त गर्दछ । SEE पछिको उच्च शिक्षा विद्यार्थी भाईबहिनीहरुले प्राविधिक शिक्षा नै पढदा उत्तम हुन्छ ।नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने SEE पछिको प्राविधिक शिक्षा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले सञ्चालन गर्दै आएको छ। देश भरीमा सिटीईभिटीका ६६ ओटा आंगिक संस्थाहरू छन भने स्याङ्जामा आँधीखोला बहुप्राबिधिक शिक्षालय वालिङ -१३ र किसान बहुप्राबिधीक शिक्षालय चापाकोटमा रहेका छन्।आँधीखोला बहुप्राबिधिक शिक्षालय वालिङ -१३ मा डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी र डीप्लोमा इन सिभिल इञ्जिनीयरिङ गरेर दुई विषयको अध्यापन हुने गरेकाे छ।शिक्षालयमा दक्ष प्रशिक्षक , व्यवस्थित वर्कशप, ड्रोइङ ल्याब,कम्प्युटर ल्याब ,व्यवस्थित पुस्तकालय,शान्त वातावरण रहेको छ।अहिलेको २१ औं शताब्दीमा प्राविधिक शिक्षा बिना मानिसको जीवन अधुरो हुन्छ।अहिले झन विश्व नै प्रविधिले गर्दा एउटै छानो मुनि रहेको बेलामा प्राविधिक विषयको झन महत्व बढेको छ।प्राविधिक शिक्षा हासिल गरे पछि विद्यार्थीले सजिलै संग रोजगारको अवसर प्राप्त गर्दछन् । साथै स्व व्यवसाय,विभिन्न सरकारी तथा गैरसरकारी संस्था,विभिन्न निर्माण कम्पनी, आइटी कम्पनी,नेपाल सरकारको पाँचौं तह लगायतको क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्दछन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT)ले मध्यम वर्गीय परिवार र मध्यम वर्गीय विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।त्यसकारण पनि सम्पूर्ण अभिभाबक विद्यार्थी भाइबहिनीहरु मा अब प्रविधिको युग हो त्यसैले प्राविधिक विषय अध्ययन गर्न अनुरोध गर्दछु। आँधीखोला बहुप्राबिधिक शिक्षालय स्याङ्जाको मध्य भाग मा अवस्थित रहेको र यहाँ आएर आफूले पढन चाहेको विषय अध्ययन गर्न सक्नु हुनेछ। वालिङ नगर पालिका द्वारा प्रत्येक वार्ड बाट २/२ जना विद्यार्थीलाई नि:शुल्क पढाउने व्यवस्था गरेको छ र यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछु ।

(नवराज पाैडेल आँधीखोला बहुप्राविधीक शिक्षालय वालिङ -१३ का प्रोग्राम कोडिनेटर हुनुहुन्छ)

Google search engine