अर्जुनचौपारीमा नेपालकै पहिलो धार्मिक होमस्टे बनाउछौँ ः पालिका अध्यक्ष तिवारी

0
2
Google search engine

वालिङ, ६ बैशाख ।
धार्मिक क्षेत्रमा नेपालकै ऐतिहासिक स्थान बन्दै गएको स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो धार्मिक होमस्टे बन्ने भएको छ । नेपालकै पहिलो नवग्रह मन्दिर रहेको पालिकामा अब नेपालकै पहिलो धार्मिक होमस्टे बनाउने गरी तयारी थालिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।
अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा रहेको एकानन्द गुफामा बैशाख १ गतेदेखि संचालन भएको श्री शिव महापुराण महायज्ञ विराट सत्सङ्ग समारोहलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले भन्नुभयो “हामीले नेपालकै पहिलो नवग्रह मन्दिर बनाएका छौँ, अब नेपालकै पहिलो धार्मिक होमस्टे पनि बनाउछौँ ।” अर्जुनचौपारी गाउँपालिका ऐतिहासिक धार्मिक स्थलहरुले भरिएको हुँदा अब यस क्षेत्रमा धार्मिक होमस्टेको खाँचो रहेको उहाँको भनाइ थियो ।
भागवतालङ्गकार पदवीले विभूषित प्रखर तात्विक वक्ता नेत्र प्रसाद पराजुली प्रमुख कथा वाचक रहनुभएको उक्त सत्सङ्ग बैशाख ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Google search engine
Google search engine