आरती कुँवर
वालिङ, ३ बैशाख ।
नयाँवर्षलाई लक्षित गरी ओमकार इभेन्ट हबद्धारा आयोजना गरिएको फस्ट एक्स्पो पर्वको मिति थपिएको छ । दर्शकहरुको सहभागिता तथा मागको आधारमा बैशाख ५ गतेसम्मका लागि मिति थप गरिएको एक्स्पो आयोजक ओमकार इभेन्ट हबकका प्रबन्धक नवराज पौडेलले जानकारी दिनुभयो । गत चैत्र २६ गतेबाट शुरु गरिएको महोत्सव यसअघि बैशाख २ गतेसम्म सञ्चालन हुने भनिएकोमा दर्शकहरुको उत्साहजनक सहभागिता र मागका आधारमा थप ३ दिन थप गरेर बैशाख ५ गतेसम्म सञ्चालन गरिने प्रबन्धक पौडेलले बताउनुभयो ।

एक्स्पो पर्वमा दैनिक जसो सञ्चालन भएका सांगीतिक कार्यक्रम तथा विशेषगरी साँझमा हुने लाइभ कन्सर्टमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ । नेपाली नयाँवर्षलाई उत्सवका रुपमा मनाउने उद्देश्यकासाथ एक्स्पो पर्व आयोजना गरिएको हो । वालिङ, ८ खेलमैदानमा जारी महोत्सवमा आजको मुख्य आकर्षणका रुपमा गायक रामजी खाँण, नेत्र गुरुङ, गायिका चिना थापा, गायक रोसन विसी लगायतका कलाकारको प्रस्तुति रहनेछ भने संजीव सिंह रानाको समेत प्रस्तुति रहनेछ ।






