भोलीबाट शुरु हुने फस्ट एक्स्पो पर्वको पहिलो दिन विशेष सांस्कृतिक कार्यक्रम हुने

0
105
Google search engine


वालिङ, २५ चैत । वालिङमा सञ्चालन भइरहेको ‘प्रथम ओमकार एक्स्पो (पर्व)’ अन्तर्गत चैत १६ गते विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। ‘समृद्ध वालिङ निर्माणको रहर, पूरा गर्न तयार छ ओमकार युवा परिवार’ भन्ने नाराका साथ आयोजना गरिएको यस महोत्सवमा भोलि सांगीतिक क्षेत्रका स्थापित कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

Google search engine

चैत १६ गतेको मुख्य आकर्षणका रूपमा चर्चित गायिका आस्था राउत र कृष्णा गुरुङ रहनेछन्। उनीहरूसँगै सांगीतिक ब्यान्ड H2O को समेत विशेष प्रस्तुति रहनेछ भने गायक नेशान पुन र डान्सर मञ्जु खनालले पनि दर्शकलाई मनोरञ्जन दिलाउनेछन्। कार्यक्रमको सञ्चालन जगत गौडेलले गर्नुहुनेछ ।

वालिङ खेलमैदानमा भोलिबाट सुरु हुने एक्स्पो पर्व वैशाख २ गतेसम्म चल्नेछ। महोत्सवलाई थप समावेशी बनाउन आयोजकले बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ भने कुनै पनि प्रकारका ‘पास’ वितरण नगरिने स्पष्ट पारेको छ। वालिङ नगरपालिका संरक्षक रहेको यस महोत्सवको आयोजना ओमकार इभेन्ट्स हबले गरेको हो।

Google search engine