वालिङमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन

0
237
Google search engine

वालिङमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका भ्रष्टाचार विरुद्ध यहाँका नागरिकहरुले प्रदर्शन गरेका हुन् । नेपाली नागरिक नेपालको झण्डामुनि सबै अटाऔँ भन्ने नाराका साथ यहाँका नागरिकहरुले भ्रष्टाचार विरुद्धको अभियान चलाएका हुन् । वालिङ ८ मोडमा गरिएको कार्यक्रममा युवादेखि बृद्धबृद्धाहरुसम्मको सहभागिता रहेको थियो । सहभागीले भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्टाचार विरुद्ध एकजुट हौं, भ्रष्टाचार विरुद्ध हाम्रो अभियान अनि ऐक्यवद्धता, भ्रष्टाचारीको कुनै घर हुँदैन, कुनै जात हुँदैन, कुनै धर्म, दल, समाज र राष्ट्र हुँदैन लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए । भ्रष्टाचार चाहिँदैन, देश बेच्न पाईँदैन, नागरिक एकता जिन्दावादलगायतका नाराहरु लगाएका थिए । आम नागरिक जागा रहौं, नागरिक एकतामा जोड दिऔं भ्रष्टाचारको अन्त्य गरौं भन्दै सहभागीले भ्रष्टाचारको विरोध गरेका थिए् । भ्रष्टाचारीहरुमाथिको अनुसन्धान फितलो बनाउन सक्ने र कारवाही प्रक्रिया अवरुद्ध हुन सक्ने भएकाले दवाव दिनकालागि यो अभियान चलाएको आयोजकले जनाएका छन् ।

Google search engine
Google search engine