वालिङ, २० चैत ।
लागु औषध तथा कुलतको अन्त्यका लागी सचेतना तथा परामर्शमूलक कार्यक्रम बुधबार त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा जीवन बाटिका नेपालको आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्नुहुदै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन बन्धु अर्यालले युवा समग्र समाज र देशको नै भविष्य भएकाले सहि मार्गमा हिडेर भविष्य सुन्दर बनाउनु पर्नेमा जोड दिनुभयो । समुन्न्त समाज निर्माणमा युवाको भुमिका महत्पुर्ण हुने भएकाले देशलाई सहि दिशातिर हिडाउन सही मार्ग अबलम्बन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले हाम्रो जीवनलाई सुन्दर र कलात्मक तरिकाले जीउन क्षणिक आनन्दका लागि दुव्यर्सनमा लाग्न नहुने बताउनुभयो । यस्तै स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस सभापति देवदत्त सुवेदी गोपीले देशको मेरुदण्ड युवाहरु नै रहेको हुँदा आजका युवाहरु योग्य र असल पात्र बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मानसिक स्वास्थ्यका काउन्सिलर रुमा प्रधानले सकरात्मक सोंच सहितको तनाव व्यवस्थापन गर्न सके कुलतबाट टाढा रहने लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । जीवन बाटिका नेपालका अध्यक्ष तथा प्रशिक्षक समिर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट स्याङ्जामा लागूऔषधको अवस्था र कानूनी व्यवस्थाबारे सहायक प्रहरी निरिक्षक सुनिल वि.कले सहजिकरण गर्नुभएको थियो ।