३ महिने आयमुलक सिलाई कटाई तालीम शुरु

0
32
Google search engine

आरती कुँवर
वालिङ, १५ बैशाख ।
स्याङ्जाको वालिङमा ३ महिने आयमुलक सिलाई कटाई तालीम शुरु भएको छ । दलित समुदायको परम्परागत कला तथा सीप विकास संस्था वालिङ, ८ को आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकारको सहकार्यमा तालीम सञ्चालन गरिएको हो ।
वालिङस्थित राधेराधेचोकमा सञ्चालित सो तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिकाकी कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीले सहभागीहरूलाई तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले ३ महिनाको यस तालिमपश्चात् महिलाहरू आयआर्जनमा जोडिएर सक्षम एवं आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सीप विकास संस्थाका अध्यक्ष लिलबहादुर रणपालका अनुसार मागमा आधारित सीपमुलक कार्यक्रमअन्तर्गत सञ्चालित यस तालिममा सहभागीहरूलाई मुख्य रूपमा विद्यालयका पोसाक (स्कुल ड्रेस) सिलाई सम्बन्धी सीप प्रदान गरिनेछ । विपन्न तथा महिलाहरूलाई आर्थिक रूपमा टेवा पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष रणपालले बताउनुभयो ।

Google search engine

संस्थाका अध्यक्ष लिलबहादुर रणपालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको कोषध्यक्ष सबिता नौभाग्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सदस्य गीता रणपालले गर्नुभएको थियो । तालीममा २० जना महिलाहरुको सहभागिता रहेको छ । तालीम आगामी असार २० गते सम्म सञ्चालन हुनेछ ।

Google search engine