न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

0
55
Google search engine

वालिङ, २७ पुस ।
स्याङ्जाको वालिङ १० भकुण्डेमा प्रधान कार्यालय रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै संस्थाका ज्येष्ठ शेयर सदस्य सूर्यप्रसाद श्रेष्ठले न्यू गाउँवेशी सहकारीले स्थापनाको छोटो समयावधिमै उत्कृष्ट कार्यहरु गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले सहकारीले शेयर सदस्यहरुको ईच्छा र चाहनालाई मध्यनजर गर्दै शेयर सदस्यहरुको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिंदै आएको बताउँदै आगामी दिनमा पनि यसप्रकारका रचनात्मक कार्यहरुमा निरन्तररुपमा अगाडि बढ्नकालागि सुझाव दिनुभयो ।

Google search engine

संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले संस्थामा आवद्ध शेयर सदस्यहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक आम्दानी हुने खालका सीपहरु प्रदान गर्दै अगाडि बढीरहेको बताउनुभयो । उहाँले हाल सहकारीले पूर्णामृत भवानी माध्यमिक विद्यालयसँगको साझेदारीमा मौसमी तथा बेमौसमी तरकारीका बेर्ना तथा च्याउ उत्पादन तथा बजारीकरणमा काम गर्दै आएको बताउनुभयो । भोलिका दिनमा सहकारीले शेयर सदस्यहरुलाई आम्दानीसित जोड्दै अगाडि बढ्नकालागि थप नयाँ क्षेत्रमा काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । साधारणासभामा उपस्थित भएका सम्पूर्ण शेयर सदस्यहरुलाई उत्पादनतर्फ लाग्नकालागि प्रेरणास्वरुप एक÷एक वटा च्याउका पोका हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले विद्यालय र सहकारीको साझेदारीमा विद्यालय परिसरमै मौसमी तथा बेमौसमी तरकारीका बेर्ना उत्पादन तथा बजारीकरणमा काम भईरहेको बताउनुभयो । उहाँले मौसमी तथा बेमौसमी तरकारीका बेर्ना उत्पादनसँगै व्यावसायिक च्याउ खेतीका विषयमा पनि सहकारी र विद्यालयबीच साझेदारीमा काम भईरहेको र आगामी दिनमा अझै नवीनतम कार्यहरुमा सहकार्य हुने कुरामा आँफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयमा कृषि प्राविधिक गोविन्द गैह«ेले च्याउ खेती गर्ने तरिका र यसको उपयोगिता र महत्वकाबारेमा जानकारी गराउनुभएको थियो । पाँचौं साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु अमृतबहादुर थापा, लक्ष्मण गहतराज र यामकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष भीमलाल खनालको स्वागतसँगै शुरु भएको साधारणसभा अध्यक्ष अर्जुनप्रसाद खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन शिक्षा समिति संयोजक गंगाधर खनाल (राजु) ले र धन्यवाद ज्ञापन क्याप्टेन ताराप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

Google search engine