वालिङ, २९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल आज ९आइतबार० स्याङ्जाको वालिङ आउनुहुने भएको छ । नेपाली कांग्रेस स्याङ्जा प्रदेशसभा क्षेत्र नं। २ (क) को कार्यसमिति पदस्थापना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उहाँ वालिङ आउन लाग्नुभएको हो । वालिङस्थित शुभम पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा महामन्त्री पौडेलले नवनिर्वाचित तथा मनोनित प्रदेश कार्यसमितिको पदस्थापना गराउनुका साथै नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनुहुनेछ ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं.२ (क) का सभापति यामप्रसाद (लक्ष्मण) अधिकारीका अनुसार कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको आन्तरिक संगठन सुदृढीकरण, नेतृत्व विकास, आगामी रणनीति र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर प्रशिक्षण तथा सम्बोधन गर्नुहुनेछ । केन्द्रीय महामन्त्रीको स्याङ्जा आगमनलाई जिल्लामा पार्टीको संगठनात्मक गतिविधिलाई थप चलायमान बनाउने र तल्लो तहसम्मका नेता–कार्यकर्तामा नयाँ ऊर्जा भर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।





