शनिबार वालिङमा पहिलो पटक जिल्लास्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुँदै

0
2
oppo_2
Google search engine

वालिङ, ४ भदौ ।
‘बलियो युवा, बलियो समाज’ भन्ने मूल नाराका साथ स्याङ्जाको वालिङमा पहिलो जिल्लास्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
वालिङ बुल्स पावर लिफ्टिङ संघको आयोजनामा हुन लागेको प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यही भदौ ६ गते शनिबार वालिङ उद्योग वाणिज्य संघको सिटी हलमा सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुष ६० केजीभन्दा कम तौल, पुरुष ८० केजीभन्दा कम तौल, पुरुष र महिलातर्फका खुल्ला प्रतियोगिता हुने भएको हो ।

Google search engine
oppo_2

राष्ट्रिय तथा स्थानीयस्तरका पावर लिफ्टिङ प्रतियोगितामा सहभागी गराउने र उत्कृष्ट खेलाडी उत्पादन गर्ने, स्क्वाट, बेन्च प्रेस र डेडलिफ्टजस्ता पावर लिफ्टिङ अभ्यासहरुलाई प्रवद्र्धन गर्ने, युवाहरुलाई सकारात्मक गतिविधिमा संलग्न गरार्य दुब्र्यसनबाट टाढा राख्ने, प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने, आवश्यक प्रशिक्षणको व्यवस्था मिलाउने, पावर लिफ्टिङ खेलाको विकास, विस्तार र प्रवद्र्धन गर्ने लगायतका उद्धेश्यले प्रतियोगिता गर्न लागिएको खेल संयोजक सन्तोषकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
खेलकुदका माध्यमबाट युवाहरूलाई अनुशासित र शारीरिक रूपमा सबल बनाउँदै समाज विकासमा जोड्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

oppo_2

पत्रकारहरूले उठाएका जिज्ञाशाकाबारेमा संघका सचिव डण्डु पंगेनीले सहजीकरण गर्नुभएको थियोे । पुरुष तौलसमूह, पुरुष तथा महिला खुल्ला तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः नगद रु. २० हजार, १० हजार र ५ हजार पुरस्कार उपलब्ध गराईने भएको हो । शनिबार एकदिन सञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न कूल पाँच लाख ५० हजार अनुमानित खर्च लाग्ने भएको हो ।

Google search engine