पत्रकारहरुका लागि साईबर सुरक्षा र प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम

0
1
Google search engine

वालिङ, १२ जेठ ।
स्याङ्जाको वालिङमा पत्रकारहरुका लागि साईबर सुरक्षा र प्रविधिको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र सञ्चारिका समूह स्याङ्जाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सुरक्षित साईबर संसार प्रविधिको सदुपयोग, समृद्धि समाजको आधार भन्ने नाराका साथ डिजिटल युगमा कसरी सुरक्षित भएर प्रविधिको प्रयोग गर्ने भन्ने विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रमको उद्दघाटन वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले गर्नुभएको हो ।
कार्यक्रममा उपप्रमुख गैह्रेले एकिकृत सेवा कार्यालयले महिला तथा बालबालिकाको क्षेत्रमा निकै प्रसंशनिय कार्य गर्दै आएको भन्दै बढ्दो डिजिटल युगमा प्रविधिको सहि उपयोग गर्नुपर्ने चुनौती देखिएका बेला सञ्चारिकाको समन्वयमा सचेतना कार्यक्रमको आयोजना गरिएको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
डिजिटल युगले मानिसलाई सहजता संगै चुनौतीपनि संगै उत्पन्न गराएको भन्दै यो अवस्थामा यस्ता खालका कार्यक्रमको आवश्यकता रहेको भन्दै आगामी दिनमा नगरपालिकाले पनि विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा आईटि विज्ञ रविन पौडेलले सहि रुपमा प्रविधिको प्रयोग कसरी गर्ने, सुरक्षित रुपमा आफ्नो जिवनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो भने वडा प्रहरी कार्यालयका हरिप्रसाद काफ्लेले साईबर अपराध र डिजिटल ठगिका विषयमा जानकारी गराउँदै कसरी आँफू डिजिटल ठगिमा परिएको थाहा पाउने थाहा पाएपछि कसरी साईबर व्युरोमा उजुरी गर्नेलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम कार्यालयका प्रमुख जिवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सञ्चारिका समूहकी उपाध्यक्ष आरती कुँवर, स्वागत सचिव क्रान्ती अर्याल र धन्यवाद अध्यक्ष साधना न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा अनलाईन किनमेलमा हुने ठगि, चिठ्ठा वा लट्री परेको भन्दै गर्ने ठगि, ह्याकरहरुले बैंकको ओटिपि वा सामाजिक संजाल कसरी ह्याक गर्छन, कसरी पैसाको बार्गेनिङ गरी ठगि गर्छनलगायतका विषयमा सहजीकरण गरिएको थियो ।
विषेशगरी यस्ता समस्या आउँदा नआत्तिने, नडराउने, जानकारहरुसंग सल्लाह लिने र आएका म्यासेज, पठाएका म्यासेज तथा प्रमाणहरु सुरक्षित राख्ने र उजुरी गर्नुपर्ने जानकारी गराईएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

Google search engine


यसैबीच नेपाल पत्रकार महासंघ स्याङ्जाको आयोजना तथा गरिमा विकास वालिङ र मुक्तिनाथ विकास बैंकको सहकार्यमा पत्रकारहरुका लागि वित्तिय साक्षरता कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
कार्यक्रममा गरिमा विकास बैंकका क्षेत्रिय प्रमुख प्रेमकिशोर अर्यालले वित्तिय साक्षरताका विषयमा सहजिकरण गर्नुभएको थियो । यस्तै मुक्तिनाथ विकास बैंकका वालिङ शाखा प्रमुख नविन काफ्लेले वित्तिय ज्ञान हरेक व्यक्तिलाई हुन आवश्यक रहेको भन्दै राज्यको चौँथो अगंको रुपमा रहेको पत्रकारहरुले कलमका माध्यमबाट पनि नागरिकलाई वित्तिय साक्षरता सम्बन्धी सचेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

Google search engine