युवराज सुवेदी
स्याङ्जा, १८ असोज ।
२६ वर्षकै उमेरमा पिडिखोलामा नेकपा को ३२ वर्षे राजनीतिक विरासत तोड्दै वडा अध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अर्को सफलता हात पार्नुभएको छ।
युवा तर्फको प्रतिस्पर्धामा १२ जना प्रतस्पर्धी मध्य गुरुङले ६८८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिको यात्रा तय गर्नुभएको हो।
गल्याङ नगरपालिका–६, पिडिखोलाका गुरुङ युवा पुस्तामाझ परिचित राजनीतिक व्यक्तित्वका रूपमा सक्रिय रहँदै आउनुभएको छ। युवा देखि वृद्ध सम्मका लोकप्रिय गुरुङ २६ वर्षको उमेरमै पिडिखोलामा लामो समयदेखि कायम रहेको नेकपा को राजनीतिक विरासत तोड्दै वडा अध्यक्ष निर्वाचित हुनु भएका गुरुङले यसपटक कांग्रेसको महाधिवेशन प्रतिनिधि मा अत्याधिक मत पाएर निर्वाचित हुनुभएको छ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको महाधिवेशनमा पुगेका गुरुङले आगामी दिनमा युवाका आवाज, अपेक्षा र सवाललाई पार्टीको नीति तथा नेतृत्व तहसम्म पुर्याउने गुरुङले प्रतिवद्दता दिनुभएको छ।
६८८ मतसहितको यो जितसँगै दिप गुरुङ ‘छिरिङ’ नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट युवा महाधिवेशन प्रतिनिधि बन्नुभएको हो।





