स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा खनालको बलियो दाबी: ‘संगठन सुदृढीकरण र कार्यकर्ताको सम्मानमा समर्पित रहने’ सङ्कल्प

0
89
Google search engine

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय सभापति पदमा निष्ठावान्, अनुभवी एवं लोकप्रिय नेता अर्जुनप्रसाद खनालले आफ्नो सशक्त उम्मेदवारी घोषणा गर्नुभएको छ । “सभापति केवल एउटा पद होइन, गहिरो जिम्मेवारी र विश्वास हो” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि स्याङ्जा क्षेत्र नं २ (१) को प्रदेश सभापति पदमा रहेर आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा, कुशलता र सफलताका साथ निर्वाह गरिसक्नुभएका खनालले सोही सांगठनिक अनुभव, दक्षता र जनविश्वासलाई अब समग्र क्षेत्र नं २ को सुदृढीकरण र रूपान्तरणमा लगाउने सङ्कल्प व्यक्त गर्नुभएको छ ।

Google search engine

‘कार्यकर्ताको सम्मान र स्वाभिमान पहिलो प्राथमिकता’

आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार खनालले भन्नुभयो, “मेरो नेतृत्वमा कुनै पनि कार्यकर्ताले शिर निहुर्याउनुपर्ने अवस्था आउन दिनेछैन। प्रत्येक कार्यकर्ताको सम्मान, स्वाभिमान र आवाजको संरक्षण गर्नु नै मेरो पहिलो र अहम् प्राथमिकता हुनेछ।” उहाँले पार्टीभित्र अन्याय, अपमान र उपेक्षारहित वातावरण सिर्जना गर्दै एकताबद्ध, मर्यादित र जुझारु संगठन निर्माण गर्ने दृढ सङ्कल्प दोहोर्याउनुभएको छ । निष्ठावान् र त्यागी कार्यकर्ताको उचित मूल्याङ्कन, संरक्षण र सशक्तीकरण नै आफ्नो मुख्य चुनावी एजेण्डा रहेको उहाँको भनाइ छ ।

सामाजिक र सांगठनिक अनुभवको बलियो आधार

लामो समयदेखि विभिन्न सामाजिक संघ-संस्थाहरूमा कुशलतापूर्वक नेतृत्व प्रदान गरी समाज रूपान्तरणमा सक्रिय रहनुभएका खनालको उम्मेदवारीलाई स्याङ्जा क्षेत्र नं २ मा निकै अर्थपूर्ण र उत्साहजनक रूपमा हेरिएको छ । वैचारिक स्पष्टता, सांगठनिक परिपक्वता र विकासप्रेमी छविका कारण उहाँलाई स्थानीय नेता, क्षेत्रीय प्रतिनिधि तथा आम कार्यकर्ताहरूको व्यापक सद्भाव, साथ र समर्थन प्राप्त भइरहेको छ ।

आफ्नो यस अभियानलाई सफल बनाई क्षेत्र नं २ मा पार्टीलाई नयाँ उचाइमा पुर्याउन उहाँले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, पार्टीका निष्ठावान् नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूमा अमूल्य मत, न्यानो साथ र हार्दिक सहयोगको अपिल गर्नुभएको छ । खनालको उम्मेदवारीले स्याङ्जा कांग्रेसमा नयाँ ऊर्जा र एकताबद्ध सांगठनिक भविष्यको आशा जगाएको स्थानीय कार्यकर्ताहरूको बुझाइ छ ।

Google search engine