तोलाकान्त बगाले
वालिङ, २४ भदौ ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढी प्रभावितहरुलाई साईनभिलेज इन्टरनेशनल एकेडेमीले आर्थिक सहयोग गरेको छ ।
स्याङ्जाको वालिङ ८ मा रहेको एकेडेमीले विपदका बेला गरिएको सानो सहयोगले ठूलो काम गर्न सक्ने भएकाले रु. एक लाख २५ हजार ६६९ सहयोग गरेको विद्यालयका प्रिन्सीपल शंकर खनालले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थी, शिक्षक शिक्षिका, अभिभावक, शेयरधनीहरुसँग विद्यालयको पहलमा रकम संकलन गरी बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप उपलब्ध गराएको उहाँले बताउनुभयो । विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक लाख जम्मा गरेको हो भने प्याब्सन स्याङ्जामार्फत रु. २५ हजार ६६९ उपलब्ध गराएको हो ।

देशमा संकट तथा विपद परेका बेला बाढी प्रभावित क्षेत्रमा सहयोग पु¥याउने पवित्र तथा मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालयकोतर्फबाट तथा आफ्नो व्यक्तिगततर्फबाट प्रिन्सीपल खनालले धन्यवाद ज्ञापन गर्नुभएको छ ।





