कोरिया गएर फर्किएकाहरुबीच व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम

0
74
Google search engine


वालिङ, १२ पुस ।

Google search engine

रोजगारीको शिलशिलामा कामदार भिसामार्फत दक्षिण कोरिया गएर फर्किएका व्यक्तिहरुबीच पुनः एकीकरण कार्यक्रम स्याङ्जाको वालिङमा सम्पन्न भएको छ । K-HaMi (korea Happy Migration) को प्रायोजन र अंकुर नेपालको सहकार्यमा शनिबार दिन वालिङस्थित जंगल होटलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै K-HaMi (korea Happy Migration) का परियोजना व्यवस्थापक सङ यल स ले कोरियाबाट नेपाल फर्केका व्यक्तिहरुले व्यापार व्यवसाय वा उद्यमशिलतासँग जोडिन चाहेको खण्डमा कृषि विकास बैंकसँग समन्वय गरी व्याजमा ५ प्रतिशत बेहोरेर सहुलियत दरमा कर्जाकालागि सहयोग गर्ने बताउनुभयो । उहाँले आवश्यकता र मागका आधारमा व्यापार व्यावसाय वा उद्यमशिलता प्रवद्र्धनकालागि रोजगारमूलक तालिमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटा, अंकुर नेपाल कास्कीका अध्यक्ष सुमन थापा, K-HaMi परियोजनाका टिम लिडर दिपक न्यौपानेलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कोरियाबाट फर्केकाहरुलाई लक्षित गरी आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सफल व्यवसायी एवम् उद्यमी बोधराज अर्याल, दिनकर नेपाल, ईश्वरबहादुर केसी, हिमलाल भण्डारीले विभिन्न विषयहरुमा व्यावसाय थालनी गर्नुपूर्व र व्यावसाय सञ्चालनकाक्रममा आईपर्ने समस्याको समाधान र संभावनाकाबारेमा प्रशिक्षण दिनुभएको थियो ।

अंकुर नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक तोलाकान्त भुसालले कोरिया गएर फर्किएसँग हाल नेपालमा रहेका व्यक्तिकालागि लक्षित गरी पुनः एकीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । दक्षिण कोरियामा रोजगारीका शिलशिलामा सिकेको सीपलाई आफ्नो ठाउँमा फर्केसँगै प्रयोग गरेर त्यसबाट लिन सकिने फाईदाका विषयहरुमा अनुभव तथा सफलताका कुराहरु आदान प्रदान गरिने उद्देश्य रहेको संयोजक भुसालले बताउनुभयो ।

कस्तो व्यापार व्यवसाय गर्ने, व्यापार व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु, व्यवसायिक रणनीतिहरु, उद्यमशिलतासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम हुनुकासाथै सफल व्यावसायीहरुका सफलताका कुराहरु प्रत्यक्षरुपमा सुनाउने र व्यवसायिक उत्प्रेरणा जगाउनकालागि यस कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका कोषाध्यक्ष जीबलाल काफ्लेको छ ।
विभिन्न समयमा रोजगारीका शिलशिलामा दक्षिण कोरियाबाट फर्केर स्वदेशमै व्यापार व्यवसाय गरेका वा कोरियाबाट फर्केर नेपालमै र विशेष गरी स्याङ्जा जिल्लामा रहेका व्यक्तिहरुबीचको साझा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कोरियन भाषा प्रशिक्षक प्रेम भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा कोरियाबाट फर्केका एक सय बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Google search engine