आँधीखोला सञ्चार सहकारीको बीसौं वार्षिक साधारणसभा सम्पन्न

0
87
oppo_2
Google search engine

वालिङ १२, पुस ।
स्याङ्जा जिल्लाको पहिलो ध्वनि तरङ्गकोरुपमा स्थापित आँधीखोला सञ्चार सहकारी संस्था (रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज) बीसौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वालिङ ८ घ्याङलिङमा आयोजित साधारणसभाको उद्घाटन गर्नुहुँदैक वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले समाजमा रहेका विकृति विसंगतिहरुप्रति सचेत गराउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा सञ्चारको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय समाजमा नकारात्मक कुराहरु बढी हुने गरेकाले त्यसलाई सञ्चार माध्यमले सकारात्मक, यथार्थ कुराहरु स्रोतामाझ दिई सचेतना जगाउँदै जानुपर्नेमा जोड दिनुभयो । रेडियोको दिगो विकासकालागि नगरपालिकाको सीमित स्रोतले भ्याएसम्म सहयोग गर्दै जाने बताउनुभयो ।

Google search engine
oppo_2

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य एवम् विधायन समितिका सभापति मोहन रेग्मीले रेडियोले आफ्ना गतिविधिलाई परिमार्जित गर्दै प्रविधिमय बनाउनुपर्ने सुझाव दिनुभयो । त्यस्तै नेपाली कांग्रेस वालिङ नगर सभापति एवम् रेडियोका निवर्तमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले रेडियोले विभिन्न आरोह अवरोह झेल्दै अगाडि बढेको भन्दै जिल्लाको पहिलो रेडियो जोगाउन स्थानीय सरकार सरोकारवाला सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

oppo_2

कार्यक्रममा रेडियोका पूर्व अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनी, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, नेपाली कम्युनिष्ट पार्टीका वालिङ नगर संयोजक भक्तबहादुर गोतामे, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालालगायतले सञ्चार जगतमा रेडियोको छुट्टै महत्व, पहिचान तथा आधिकारिकता रहेको बताउनुभएको थियो ।

oppo_2

कार्यक्रममा संस्थाका अध्यक्ष शान्ता थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै रेडियोलाई बीसौं वर्षसम्म ल्याउन सहयोग गर्नुहुने तत्कालित कार्यसमितिहरु, विज्ञापनदाता, कर्मचारी, शेयर सदस्य तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

oppo_2

रेडियोलाई आगामी दिनमा थप सशक्तरुपमा अगाडि बढाउन प्रविधिमैत्रि बनाउने, रेडियोको आर्थिक विकासकालागि स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँंग सहकार्य गर्ने, रेडियोमा प्रसारित कार्यक्रमहरुको गुणस्तरीयतामा वृद्धि गर्दै समुदायमैत्री कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा सचिव कोषाध्यक्ष हिमलाल पराजुली, कोषाध्यक्ष विमल अर्याल, लेखा समिति संयोजक तोयनारायण रेग्मी (राजु) र प्रबन्धक तोलाकान्त बगालेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट विज्ञापनदाता डब्लू आईसि कम्प्युटर तथा तारादेवि ब्लक उद्योग र मल्ल फार्मेसी वालिङ, नियमित स्रोता वालिङ ८ का कृष्णप्रसाद कोईराला, स्थापनाकालदेखि हालसम्म कार्यरत कर्मचारीको रुपमा स्टेशन म्यानेजर तोलाकान्त बगालेलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

साधारणसभाका अवसरमा संस्थाबाट स्वेच्छिक अवकाश लिनुभएका ६ जना कर्मचारीहरुलाई प्रसंसा पत्र सहित बिदाई गरिएको थियो ।

संस्थाका अध्यक्ष शान्ता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य अमृतप्रसाद खनाल र सञ्चालन सचिव हिमलाल पराजुलीले गर्नुभएको थियो । २०६३ सालमा स्थापना भएको सञ्चार सहकारीमा हाल ४८० जना शेयर सदस्यहरु रहेका छन् । संस्थाद्वारा सञ्चालित रेडियो अहिले दैनिक १८ घण्टा प्रसारणमा रहेको छ भने रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १५ जिल्लामा सुन्न सकिन्छ । त्यस्तैगरी www.radioandhikhola.org र हाम्रो पात्रो र फेसबुक पेजबाट विश्वभर सुन्न सकिन्छ ।

Google search engine