भीरकोटमा मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न

0
198
Google search engine

वालिङ, ११ पौष । भीरकोट नगरपालिका, स्याङ्जाको आयोजनामा “हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस–२०८२ को अवसरमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रम भीर्कोट नगरपालिका–६, खिलुङ देउराली स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले ज्येष्ठ नागरिकहरू नगरका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य, सम्मान र संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । यस्तै वडावासिको स्वास्थ्य प्रति नगर सकारात्मक रहेको भन्दै स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले यश खालका कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुने भन्दै सम्पुर्णलाई यस अवसरको भरपुर लाभ लिन आग्रह गर्नुभयो ।

Google search engine

नगर उप–प्रमुख अर्यालले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूमा सकारात्मक ऊर्जा र आत्मसम्मान बढाउने बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र के.सी. सहित अन्य वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा ५६ जना ज्येष्ठ नागरिकहरूले प्रेसर, सुगर, दम तथा हाडजोर्नीसम्बन्धी रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका थिए। शिविरमार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो ।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक भएको आयोजक भीरकोट नगरपालिकाले जनाएको छ। यस्तै कार्यक्रम क्रमशः सम्पूर्ण वडाकाे टाेलटाेलमा पुगेर ज्येष्ठ नागरिहरूकाे स्वास्थ्य चेकजाँच गर्ने नगरपालिकाको याेजना रहेकाे छ।

Google search engine