वालिङ, ९ पौष ।
पूर्णामृत भवानी माध्यमिक विद्यालयको ६३औँ वार्षिक उत्सवको अवसर पारेर पूर्णामृत भवानी मावि वालिङ १० फुलबारी पूर्व विद्यार्थी मञ्चको साधारण सभा सम्पन्न भएको छ। बुधबार विद्यालयको सभा हलमा सम्पन्न सभामा मञ्चका अध्यक्ष डा. अग्निप्रसाद काफ्लेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टेकबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष घर्तीले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै हाल संस्थाको खातामा विभिन्न माध्यमबाट संकलित ४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी गराउनुभयो। साथै स्याङ्जा सहयोग समाज अमेरिका मार्फत रेशमबहादुर घर्ति र मनुजा काफ्लेको पहलमा वार्षिक रु ५ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त हुने प्रक्रिया अगाडि बढेको र उक्त रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरूमा प्रयोग गरिने बताउनुभयो। साधारण सभाले पूर्व विद्यार्थी मञ्चको वर्तमान विधान अनुसार परिच्छेद ५ को धारा १४ मा उल्लेख भएबमोजिम कार्यसमिति पुनर्गठन गर्ने निर्णय गर्दै कार्यसमिति थप तथा चारवटा उपसमिति गठन गर्ने जिम्मेवारी समेत तय गरेको छ। पुनर्गठित कार्यसमितिको अध्यक्षमा
डा. अग्निप्रसाद काफ्ले चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा कल्पना बस्याल, त्रिलोचन पंगेनी, सचिवमा यमकान्त खनाल, सहसचिवमा तारा सुवेदी, कोषाध्यक्षमा टेकबहादुर घर्ती, सह–कोषाध्यक्षमा विष्णुप्रसाद अर्याल रहनुभएको छ । सदस्यहरूमा दिलिप बगाले, विद्या श्रेष्ठ, मधुसुदन आचार्य, लिलबहादुर रन्पाल, नारायण भण्डारी, हरिप्रसाद तिवारी, अनन्तराज डुम्रे, भानु पाठक, डोलराज पंगेनी, तोया नारायण कँडेल, गोविन्द गैह्रे (गोपाल) र
पदेन सदस्यमा प्रअ दीपक लम्साल रहनुभएको छ । त्यस्तै गठित उपसमितिहरूमा विज्ञ उपसमिति संयोजकमा डा. लेखनाथ बगाले,
आर्थिक उपसमिति संयोजकमा डोलराज पंगेनी, विदेश समन्वय उपसमिति संयोजकमा भानु पाठक रहनुभएको छ । पूर्व विद्यार्थी समन्वय उपसमिति संयोजकमा गोविन्द गैह्रे (गोपाल) रहने यस अवसरमा अध्यक्ष डा. काफ्लेले हालसम्म पूर्व विद्यार्थी मञ्चको तर्फबाट २ दिन, १ हप्ता तथा १० दिन अवधिका विभिन्न शिक्षक तालिम कार्यक्रमहरू सञ्चालन गरिएको र पूर्व–प्राथमिक तथा प्राथमिक तहका विद्यार्थीहरूका लागि खेल सामग्रीको व्यवस्था गरिएको जानकारी गराउनुभयो। साथै भोलिका दिनमा पूर्व विद्यार्थी मञ्चले २०१९ सालमा स्थापित विद्यालयमा अध्ययन गरी २०८१ सालसम्म अध्ययनरत पूर्व विद्यार्थीहरूलाई समेट्दै विद्यालयको सर्वोपरि हितमा पूर्व विद्यार्थी मञ्चले कार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
आज सम्पन्न साधारणसभामा निर्वाचन कमिटीको संयोजकको भुमिका प्राज्ञ गोपाल प्रसाद पौडेलले निभाउनु भएको थियो ।





