वालिङ, २६ मंसिर ।
वालिङमा ५० घण्टे बारिस्टा तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सामाजिक विकास मन्त्रालय, हेल्भेटास अन्र्तगत इन्स्योर परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा ५० घण्टे बारिस्टा तालिम संचालन गरिएको थियो । तालिमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा इन्स्योर परियोजनाका फोकल पर्सन सञ्जिवबाबु कोईरालाले सिपले नै व्यक्तिलाई सक्षम बनाउँदै उद्यमशीलतातर्फ अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परियोजनासंग समन्वय गर्दै सिपमुलक तालिम तथा व्यापारी व्यवसायीहरुको हकहितका लागी अभिमुखीकरण कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । सिप आर्जन गरीसकेपछि सिपलाई आफ्नो जिवनमा उपयोग गर्नुपर्ने बताउँदै सिप लिनु भन्दा व्यवहारमा उर्तानु महत्वपुर्ण पक्ष भएकाले सहभागिलाई सिप आफ्नो जिवनमा प्रयोग गर्न उहाँको आग्रह छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकीकाका केदार शर्मा, वालिङ उद्योग वाणिज्य संघका सल्लाहकार भुपराज बगाले, सहभागिको तर्फबाट इन्द्रा भुषाललगायतले बोल्नुभएको थियो ।
२४ जनाको सहभागिता रहेको तालिममा अमिन श्रेष्ठ र रोनित गुरुङले प्रशिक्षण दिनुभएको छ । कार्यक्रम संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो भने उपाध्यक्ष अनुपमा तिवारी ढुंगानाले धन्यवाद र संचालन कार्यालय सचिव बाबुराम रेग्मीले गर्नुभएको थियो ।






