वालिङ २३ मंसिर ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा संचालित सचेतनामूलक कविता प्रतियोगितामा पुर्णामत भवानी माध्यमिक विद्यालय वालिङका कक्षा ११ की छात्रा स्मारिका अर्याल प्रथम हुनुभएको छ । त्यस्तै प्रतियोगिताको द्धितिय स्थान बैडी माध्यमिक विद्यालय चापाकोटका कक्षा १० मा अध्यनरत आरती बस्यालले प्राप्त गर्नुभएको छ । प्रतियोगितामा मिर्मी आधारभुत विद्यालय कालीगण्डकीका कक्षा ५ मा अध्यनरत छात्रा दिव्या भट्राई तृतिय र धु्रवज्योति आधारभुत विद्यालय कालीगण्डकीका कक्षा २ मा अध्यरनत छात्र रिदम पाण्डे सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुनेले क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार, २ हजार र प्रमाणपत्र प्राप्त गर्दैछन् ।
प्रतियोगितामा स्याङ्जा जिल्लाका ३५ जना विद्यार्थीहरु सहभागि भएका थिए । छात्र र छात्रा दुवै गरी कक्षा २ देखी कक्षा ११ सम्मका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु प्रतियोगितामा सहभागिता जनाएका एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रविधिको सहि प्रयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गर्न यस पटकको नाराको मूल मर्म भएको हुदाँ विद्यार्थीहरुले प्रविधिको प्रयोग गर्दै घरबाटै कविता रेकर्ड गरी कार्यालयमा अनलाइन माध्यमबाट कविता पठाएका थिए । कविताहरु कार्यालयले सामाजिक सञ्जाल र रेडियो आँधीखोला एफएमबाट प्रसारण गरिएको थियो । विजेता प्रतियोगिहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बयरघारीमा आयोजना गरिने कार्यक्रममा पुरस्कार प्राप्त गर्नेछन् भने टाढा भएका विद्यार्थीहरुको पुरस्कार अभिभावक तथा विद्यार्थीको खातामा जम्मा गरिने कार्यालयका प्रमुख पौडेलले बताउनुभयो ।





