वालिङ, २३ मंसिर ।
विश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा रणविरमावि वालिङ नगरपालिका -१ खहरेमा सस्कार शिक्षा (नैतिक शिक्षा ) विषय लागु भएको छ । विद्यालयका प्रअ श्री लक्ष्मी रेग्मीले अहिले को बर्तमान अवस्थामा नैतिक शिक्षाको आवश्यकता धेरै नै भएको र मानिसहरुमा नैतिकता हराउँदै गएको हुँदा यो विषय धेरै नै आवश्यक रहेको हुँदा आफ्नो विद्यालयमा लागु गराएको र आगामी दिनमा अन्य विद्यालय, पालिकाहरुमा पनि यो विषय लागु गराउन आफुले आफ्नो ठाँउबाट पहल गर्ने कुरा ब्यक्त गर्नु भएको छ। संस्कार शिक्षा विषय कक्षा ६ -८ सम्म अध्ययन गर्ने विद्यार्थीलाई पढाउने कुरा जनाउनु भएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाले विगत धेरै समय अगाडीबाट नै नैतिक शिक्षा विषय लागु गराउनु पर्ने भन्दै माग उठाउदै आएको छ ।





