वालिङ, ६ भदौ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले साउन महिनाको प्रगति प्रतिवेदन सार्वजानिक गरेको छ । साउन १ देखि साउन मसान्तसम्मको प्रतिवेदन विहिबार वालिङ स्थित वडा प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । प्रहरीले हरेक दिन १ जना फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै सञ्चालन गरेर पछिल्लो ३ महिनामा ८५ प्रतिवादी पक्राउ गरेको छ भने भदौ महिनाको आजसम्म ३ जना समेत गरी ८८ जना फरार प्रतिवादी पक्राउ गरेको हो ।
प्रहरी कार्यालयका एसपि ददिराम न्यौपानेले पत्रकार सम्मेलनमा यो साउन महिनामा मात्रै १८ पुरुष र ७ महिला गरी २५ जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले ८ लाख २० हजार ६५५ जरिवाना तिरेका छन् भने १० वर्ष ९ महिना २ दिन कैदका लागी कारागार चलान भएका छन् । त्यस्तै भदौको अहिलेसम्म ३ जना फरार प्रतिवादीबाट २ हजार १५० जरीवाना असुल भएको छ । त्यस्तै साउन महिनामा २४ मुद्दा दर्ता भएकोमा २२ जना पक्राउ परेका छन् । ति मुद्दाहरु ज्यान मार्ने उद्योग, चोरी, नागरिकता सम्बन्धी, अभ्रद व्यवहार, बैंकिङ कसूर, झण्डी, फुटकर ज्यान, भवितव्य ज्या, लागूऔषध, बालयौन दुरुपयोग सम्बन्धी रहेका छन् । त्यस्तै साउनमा ४ जनाले आत्महत्या गरेका छन् ।
प्रहरीले पछिल्लो समय पुराना पुराना जघन्य अपराध सम्बन्धी मुद्दाहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरि २३ वर्षदखि फरार रहेकालाई समेत पक्राउ गरेको छ । त्यस्तै नदिजन्य पदार्थ अवैध उत्खननमा संग्लन ६ सवारी साधन नियन्त्रणमा लिई ७४ हजार रुपैँया राजस्व संकलन गरेको छ ति ६ मध्ये ३ व्टा सवारी साधनको भने राजश्व खुलेको छैन् । त्यस्तै साउनमा ४ लाख ३९ हजार २७९रुपैँयाको अवैध सामानहरु बरामद गरेको छ ।
४८ हजार ७५८ अवैध गाँजाका बोटहरु प्रहरीले नष्ट गरेको छ भने लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जनालाई कारबाही गरेको प्रहरी प्रमुख न्यौपानेले बताउनुभयो । त्यस्तै यो एक महिनामा ट्राफिक कारबाहीबाट १ हजार ४२३ सवारी कारबाहीमा पर्दा ९ लाख ९९ हजार राजस्व संकलन भएको छ । त्यस्तै प्रहरीले ४ हजार ७१७ जनालाई सेचनामुलक कार्यक्रम प्रदान गरेको छ भने ग्रामिण गस्ती कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । श्रीमान हत्या आरोपितलाई पक्राउ गरी अनुसन्धान पश्चात पुर्पक्षको लागी कारागार चलान भएको कार्यक्रममा प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै लागूपदार्थ बरामद गरेको छ भने चोरीका अभियुक्त पक्राउ, सुन तथा नगद चोरी भएको भनि “झुट्टा सूचना दिने व्यक्ति प्रहरीको कारबाहीमा परेका छन् । प्रहरी प्रमुख एसपि न्यौपानेले भन्नुभयो, घरका एक सदस्यले कमाएको पैसा अर्का व्यक्तिले अपचलन गरी चोरी भएको भनेर प्रहरीलाई झुुट्टा सूचना दिने व्यक्तिलाई हामीले कारबाही गरेका छौँ । यस्ता घटनाबाट हामीले चोरी भएको घटनालाई घरभत्रिबाटै खोजतलास गर्नुपर्नेरैछ भन्ने पाठ सिकेका छौँ ।”
परिवारका एक व्यक्तिले कमाएको रकम आँफूले अपचलन गर्ने अनि प्रहरीलाई झुट्टा सूचना दिएर आँफु उम्कन खोज्ने परिपाटी समाजमा देखिन थालेको भन्दै यस्ता घटनामा प्रहरी सुक्ष्म रुपमा लागि परेको उहाँले बताउनुभयो । त्यस्तै स्टकुटर चोरी गर्ने, मोबाईल चोरी गर्ने व्यक्तिहरु समेत कारबाहीमा परेका छन् भने भिषा र पासपोर्ट नभईकन अवैध रुपमा बसेका जापानिज नागरिकलाई अध्यागमन पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले १४४ बोट रोपण गरेको छभने अवैध मदिरा समेत बरामद गरेको छ । प्रहरीले यसअघि पनि कार्यालयले गरेको मासिक प्रतिवेदन सार्वजानिक गर्दै आएको छ ।





