हिजो देखी अवरुद्ध स्याङ्जा–पर्वत सडक खण्ड अझै खुल्न सकेन

0
391
Google search engine

वालिङ, २० साउन ।
आइतबारदेखी परेको अविरल वर्षाका कारण अवरुद्ध भएको स्याङ्जा–पर्वत सडक खण्ड अझै सम्म खुल्न सकेको छैन् । वालिङदेखि पर्वतको दक्षिणी भेग पयुँ, व्यादी जोड्ने सडक पहिरोको कारण हिजो बिहान अवरुद्ध भएको थियो । वालिङ नगरपालिका–१४, डुम्रेभन्ज्याङमा सोमबार पहिरो जाँदा बिहानबाट अवरुद्ध सडक हिजो साँझ नै खुलाउने प्रयास गरिएको तर पहिरो ठुलो भएका कारण पन्छाउन नसकिएको वालिङ–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो ।
आज बिहानबाट फेरी डोजर प्रयोग गरेर सडक सुचारु गर्ने काम सुरु गरिएको उहाँको भनाइ छ । पानी पर्न रोकिएको र सुक्खा पहिरो खस्ने क्रम रोकिएमा सडक आज खुल्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा दुई जिल्ला ओहोरदोहर गर्ने यात्रुहरू बाटोमा नै अलपत्र परेका छन् । यस सडक खण्डको डुम्रेभञ्ज्याङमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

Google search engine

Google search engine