वालिङ, १८ साउन ।
अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजार १, स्याङ्जाको साधारणसभा सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको प्रत्यक्ष नेतृत्व तथा संलग्नतामा स्थापित भइ अपाङ्गता मैत्री हुँदै मानव मैत्री समाज निर्माण र सामुदायिक विकासको क्षेत्रमा कार्य गर्ने उद्देश्य लिएको अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभा को उद्घाटन एव आ व २०८२/०८३ को लागि प्रस्तावित रु ३८,५०,०००/- वरावरको कार्यक्रम तथा वजेट प्रस्तुत गर्दै संस्थाका अध्यक्ष युवराज पराजुलीले सहयोग एवं सहकार्य गर्ने सवै निकायहरू, संघसंस्था, संचारकर्मी, नागरिक समाज प्रति आभार व्यक्त गर्दै अपाङ्गताका अतिरिक्त अन्य वर्ग समुदाय क्षेत्रमा समेत निरन्तर परिणाममुखी र प्रभावकारी कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। साधारणसभामा संस्थाका सचिव नारायण रेग्मी ले वार्षिक प्रगती प्रतिवेदन ,कोषाध्यक्ष यामकुमारी काफ्लेले रु ६ लाख ३३ हजार ५५१ बराबरको आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । सभाले सवै प्रतिवेदन र भावी योजना सर्वसम्मत पारित गरेको थियोे ।
कार्यक्रममा संस्था द्वारा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा संचालित सिपमुलक तालिम पश्चात् दर्ता भएको सक्षम बटारेको धुपको व्यवसाय प्रर्वद्न का लागि अावश्यक कच्चा सामाग्री र औजार हस्तान्तरण गरिएको थियोे ।
संस्थाले गत वर्ष विधालय/ क्याम्पस केन्द्रीत अपांङ्ता सचेतना अभियान ,क्षमता विकास तथा स्वयंसेवक परिचालन कार्यशाला ,सन्देश मुलक सामाग्री छपाई तथा वितरण ,वाख्ा पालन तालिम तथा पाठि वितरण ,पौष्टिक अाहार तथा सरसफाइ सामाग्री हस्तान्तरण,जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन,सहायक सामग्री तथा परिचयपत्र प्राप्तीमा सहजअंकरण,वकालत लगायतका गतिविधि हरु सफलताका संम्पन्न गरेको थियोे
कार्यक्रमको अध्यक्षता अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्र -नेपालका अध्यक्ष युवराज पराजुली र संचालन सचिव नारायणप्रसाद रेग्मी, स्वागत उपाध्यक्ष राजेस पोखरेलले गर्नुभएको थियो ।





