श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

0
88
Google search engine

वालिङ ८, साउन ।

Google search engine


श्रीमानको हत्या आरोपमा फरार एक महिलालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका ८ नमुना टोल बस्ने ४९ वर्षीय खुमानन्द लामिछानेकी श्रीमती रञ्जिता लामिछानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।
२०८० वैशाख २२ गते खुमानन्दको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जानेक्रममा रञ्जिताको पनि संलग्नता हुन सक्ने देखिएकाले स्याङ्जा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी बिहीबार पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी प्रहरी टोलीले वालिङ नगरपालिका ८ वालिङ मोडमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेकी रञ्जितालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

Google search engine