स्याङ्जा ट्राफिक प्रहरीले ग¥यो अहिलेसम्मकै धेरै राजस्व सङ्कलन

0
259
Google search engine

वालिङ, ४ साउन ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा एक करोड ४१ लाख ५३ हजार ५०० राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले तुलनात्मकरुपमा आर्थिक वर्ष २०८०÷०८१ मा भन्दा गत आर्थिक वर्ष २०८१÷०८२ मा तीस लाख ५६ हजार ५०० बढी राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्ष २०८१÷०८२ मा स्याङ्जामा उन्नाईस हजार २८९ वटा साना तथा ठूला सवारी साधन कारवाहीबाट हालसम्मकै धेरै राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक भुपेन्द्रप्रसाद गौलीले जानकारी दिनुभयो ।

Google search engine

गत आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाईकल कारवाहीमा परेका छन् । एकवर्षको अवधिमा छ हजार ७९३ वटा मोटरसाईकल कारवाहीमा पर्दा रु. एकाउन्न लाख ८५ हजार ५०० राजस्व सङ्कलन भएको हो । कार, जीप, भ्यान चार हजार ७५ वटा कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट रु. तीस लाख ३१ हजार राजस्व सङ्कलन भएको हो ।

दुई हजार ५१४ बस कारवाहीमा पर्दा सत्र लाख ७८ हजार ५००, दुई हजार १९५ ट्रकबाट रु. पन्ध्र लाख ४३ हजार ५००, एक हजार ४९५ ट्रयाक्टरबाट रु. दश लाख १० हजार ५०० र दुई हजार २९७ अन्य सवारी साधन कारवाहीमा पर्दा सोह« लाख ४ हजार ५०० राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१÷०८२ मा सबैभन्दा धेरै सवारी साधन चैत महिनामा कारवाहीमा परेका थिए । चैत महिनामात्रै ट्राफिक प्रहरीले दुई हजार ४३ सवारी साधनलाई कारवाही गरेको थियो । उक्त सवारी साधनहरु कारवाहीमा पर्दा चैत महिनामामात्रै चौध लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आ.व. २०८०÷०८१ मा एक करोड १० लाख ९७ हजार, आ.व. २०७९÷०८० मा एक करोड ७२ हजार, आ.व. २०७८÷०७९ मा सत्तरी लाख ८४ हजार राजस्व सङ्कलन गरेको थियो । आ.व. २०८१÷०८२ मा स्याङ्जा जिल्लाभित्रका विभिन्न सडकहरुमा १८ वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनाहरुमा परेर ९ जनाले ज्यान गुमाएका थिए । १५ जना गम्भीर घाईते हुँदा ५ जना सामान्य घाईते भएका उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनकालागि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको मापसे परीक्षण गर्दा एक हजार ४२५ सवारी चालकलाई कारवाही गरेको छ । मापसे गरी सवारी चलाउने चालकलाई गरिएको कारवाहीबाट रु. सात लाख ३९ हजार ५०० राजस्व सङ्कलन भएको छ । त्यस्तै लागू पदार्थ सेवन गरी सवारी चलाएका १३ जनालाई नियन्त्रणमा लिई कानूनी कारवाही भएको छ ।

Google search engine