वालिङमा भुजेलको बिदाइसँगै २ डिएसपीको स्वागत

0
94
Google search engine

वालिङ, ३ साउन ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म, वालिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाबहादुर भुजेललाई वालिङ नगरपालिकाले ‘फेरी भेटौंला’ भन्दै बिदाइ कार्यक्रम आयोजना गरेको छ ।
डिएसपी भुजेलले विगत केही वर्षदेखि वालिङमा कार्यरत रहँदै नगरसँग समन्वय गरेर शान्ति सुरक्षा, विपद् उद्धार र समाजसेवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै भुजेलले वालिङवासीसँगको आत्मीय सम्बन्ध सधैं सम्झिरहने बताउनुभयो ।
यस्तै सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म, वालिङमा नवआगन्तुक डिएसपी कुमार तिमल्सिना र वडा प्रहरी कार्यालय वालिङका डिएसपी कमलराज पण्डितलाई स्वागत गरिएको थियो ।
स्वागत गर्नुहुँदै नगर प्रमुख कृष्ण खाँणले अस्थायीरुपमा बसोबास गर्दै आएको सशस्त्रलाई जग्गा व्यवस्थापन गरेर स्थायीरुपमा बस्ने वातावरण मिलाउन नगरले भूमिका खेलेको बताउनुभयो ।
यता रेडियो आँधीखोलाले पनि सरुवा भएर जान लाग्नुभएका प्रहरी नायव उपरीक्षक भुजेललाई विदाई र नवआगन्तुक प्रहरी नायव उपरीक्षक कुमार तिमिस्सिनालाई स्वागत गरेको छ ।
स्वागत तथा विदाई कार्यक्रममा शान्ति सुरक्षा र सूचना तथा सञ्चारका क्षेत्रमा दुबै कार्यालयहरुबीच सहकार्य भएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तरता भईरहनेमा प्रहरी नायव उपरीक्षकद्वय भुजेल र तिमिल्सिनाले विश्वास ब्यक्त गर्नुभयो ।
विदाई कार्यक्रममा रेडियोका अध्यक्ष शान्ता थापा, निवर्तमान अध्यक्ष नेत्रप्रसाद पाण्डे, कोषाध्यक्ष बिमल अर्याललगायतले रेडियो र गुल्मबीच आगामी दिनमा पनि शान्ति सुरक्षालाई कायम राख्नकालागि सूचनाको आदान प्रदान गर्दै अगाडि बढ्ने बताउनुभयो ।

Google search engine
Google search engine