लक्ष्मण वियोगीको कथासंग्रह सत्यमको गृह विमोचन तथा विमर्श

0
190
Google search engine

वालिङ, १४ असार ।
स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार वालिङमा साहित्यिक कार्यक्रम गरेको छ । प्रतिष्ठानले वालिङ, ६ मिर्दी स्थित नेचुरल भ्यु पोइन्टमा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’को गृह विमोचन तथा विमर्श एवम् सिर्जना वाचन कार्यक्रम गरेको हो । स्याङ्जामा जन्मिनुभएका हाल काठमाण्डौमा रहेर पत्रकारिता गर्दै आउनुभएका वियोगीको आज साहित्यिक कृति गृह नगर वालिङमा विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार त्रिलोचन ढकालले साहित्यिक क्षेत्रबाट समाज र देशमा देखिएका विकृतिहरुको भण्डाफोर गर्दै सभ्य समाज ताथ सभ्य मुलुक निमार्णमा लाग्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले राम्रा कुराहरुको अनुशरण गर्नुपर्नेमा जोड दिदैँ खराब कुराहरुले समाज अगाडि बढ्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा वियोगीको कृतिमाथि डाक्टर अशोक थापाले समालोचना गर्नुभएको थियो । यस्तै लक्ष्मीस्मृति सामुदायिक पुस्तकालय तथा रेडियो स्याङ्जाका अध्यक्ष ध्रुबबन्धु पौडेल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, साहित्यकार शम्भु अर्यालले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा श्यामप्रसाद ढुंगाना, टीकाराम ढकाल, भास्कर काफ्ले, डा. यामबहादुर पौडेल, रामबहादुर थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा स्मारिका अर्याल, झबनाथ बस्याल, ईन्द्रप्रसाद पाठक, उपमा पाण्डे, संस्कार गैह्रे, खगेन्द्रजंग थापा, लोकहरि पाण्डे, कृष्ण खड्का, अग्निकुमार पल्लव, चिन्तु गिरी, लेखनाथ काफ्ले, तोरणराज बस्याल, विष्णु पंगेनी पाण्डे, सरस्वती अर्याल, सम्झना थापा, लक्ष्मी काफ्ले, बोधराज न्यौपाने, खगेन्द्रप्रसाद अर्याल, ध्रुबप्रसाद शर्मा पंगेनी, भविश्वर पंगेनी, सीताराम अधिकारी, बसन्त खनाल, टीकाराम वाग्ले, कमला अधिकारी सिग्देल, तोलाकान्त बगालेलगायतले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव मिलन समिरले गर्नुभएको थियो ।

Google search engine
Google search engine