ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी तालिम सम्पन्न

0
354
Google search engine

वालिङ, १३ असार ।
स्याङ्जाको वालिङमा ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ । ब्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि ब्युटिसियसन सम्बन्धी सिप विकास तालिम अन्र्तगत नेल आर्ट तालिमको विहिबार नगरपालिका सभाहलमा समापन गरिएकोे हो । तालिमको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उद्यमशीलतर्फ अभिप्रेरित गर्न यस्ता तालिमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
ब्युटिसियन पेशा पनि एक मर्यादित पेशा भएकाले यसबाट धेरै दिदिबहीनीहरुले राम्रो आयआर्जन गरेको बताउनुभयो । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, कार्यपालिका सदस्य युगमाया तिवारी, ब्युटिपार्लर एशोसियसन गण्डकी प्रदेश सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष पुष्पा अर्याल, ब्युटिपार्लर एशोसियन स्याङ्जाका संस्थापक अध्यक्ष दुर्गा थापा, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारी, प्रशिक्षक संगिता गुरुङ, प्रशिक्षार्थी मन्जु भण्डारीलगायतले बोल्नुभएको थियो ।
समग्र ब्युटिसियनहरुको दक्षता तथा क्षमता विकास गरी थप व्यवसायिक रुपमा अगाडि बढाउन संस्थाले आगामि दिनमा थप कार्यक्रमको आयोजना गर्दै जाने ब्युटिपार्लर एशोसियसनका अध्यक्ष पमिला गुरुङले बताउनुभयो ।

Google search engine


कार्यक्रम अध्यक्ष गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष अरुणा थापा, संचालन सचिव नबिना गुरुङले गर्नुभएको थियो । नगरपालिकामा दर्ता भएका २० ब्युटिपार्लरका २० जना ब्युटिसियनहरुको सहभागिता रहेको तालिममा ब्युटिसियन संगिता गुरुङले प्रशिक्षण दिनुभएको छ ।

Google search engine