वालिङमा भएको घटनाप्रति नगरपालिकाद्वारा दुःख ब्यक्त

0
280
Google search engine

वालिङ, ७ असार ।
वालिङ नगरपालिकामा गत मंगलबार नदी उत्खननको विषयमा घटनाप्रति नगरपालिकाले दुःख ब्यक्त गरेको छ । आँधीखोलामा नदीजन्य पदार्थ उत्खननको विषयलाई लिएर भएको घटनाप्रति नगरपालिकाले दुःख ब्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Google search engine

आँधीखोलाको नदीजन्य पदार्थ उत्खननकालागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा नगर विपद ब्यवस्थापन समितिले जिल्ला विपद ब्यवस्थापन समितिलाई मेसिन प्रयोग गरेर २५०० घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख कृष्ण खाँणले जिल्ला विपद ब्यवस्थापन समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा ब्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को नियम ४ (४) बमोजिम वालिङ ९ स्थित डुढरह नजिकै मेसिनको प्रयोग गरी उत्खनन गर्ने अनुमति दिएको बताउनुभयो ।

उत्खनन गरिएको सामग्री आर.एस.तुण्डी जेभिलाई भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङ सडक निर्माण कार्यमा प्रयोग गर्ने गरी अनुमति दिएको नगर प्रमुख खाँणले बताउनुभयो । पत्रकारहरुले उठाएका जिज्ञाशाहरुको जवाफ दिंदै उपप्रमुख कविता तिवारीले वातावरणीय प्रभाव मूल्याङ्कन गरी ठेक्का खुलाईएको बताउनुभयो । नगरभित्र सञ्चालनमा रहेको गौरवको योजनाकालागि नदीजन्य पदार्थ उठाउन अनुमति दिएको बताउनुभयो ।

Google search engine