वालिङ, ८का मेलमिलाप कर्तालाई सचेतना कार्यक्रम

0
162
Google search engine

वालिङ, ७ असार ।
वालिङमा मेलमिलाप कर्ताहरुलाई मेलमिलाप सम्बन्धी एक दिवसीय कार्यक्रम गरिएको छ । वालिङ वडा नं ८को आयोजनामा शुक्रबार वालिङ– ८का मेलमिलाप कर्ताहरुलाई मेलमिलाप सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । वडामा आउने हरेक प्रकारको विवाद मेलमिलाप गरी समाधान गराउन मेलमिलाप कर्तालाई सहजताको लागि सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष दामोदर तिवारीले जनप्रतिनिधि र मेलमिलापकर्ताहरु विचको समन्वयकारी भूमिकाले गर्दा विवादहरु कम बनेको र यसकारण विकासका कार्यहरुमा सहयोग पुगेको बताउनुभयो । साथै उहाँले यस वडामा रहेका हरेक नागरिकका समस्यामा थप जिम्मेवार बनेर लागेको भन्दै मेलमिलाप कर्ताहरु र वडाका जनप्रतिनिधिहरु सधैँ सहकार्य गरी अगाडी बढ्ने उहाँले बताउनुभयो ।

Google search engine


कार्यक्रममा वालिङ नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता नेत्रप्रसाद सुवेदीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सञ्चालन वडा सचिव प्रेम नारायण सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय सदस्य सरस्वती बगाले वालिङ वडा नं ८ का मेलमिलाप संयोजक तथा रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा लगायत १० जनाको सहभागिता रहेको छ ।

Google search engine