लक्षित वर्गको आवाज सञ्चार माध्यममा पु¥याउन वालिङमा अभिमुखीकरण

0
397
Google search engine

वालिङ, २ असार ।
स्याङ्जाको वालिङमा आइतबार महिला सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा सञ्चारिका समूह स्याङ्जाको सहजीकरणमा वालिङमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । सामाजिक न्याय र समानताकालागि लक्षित वर्गको आवाज सञ्चार माध्यममा पु¥याउनकालागि महिला सञ्चारकर्मीको भूमिका, लक्षित समुदायका नेतृत्वकर्तासँग अन्तरक्रिया र सामाजिक विकास कार्यालयको कामकाबारेमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जानुपर्नेमा जोड दिनुभयो । साथै उहाँले लक्षित वर्गका नागरिक तथा महिला पत्रकारहरुको क्षमता विकासका लागि वालिङ नगरपालिका प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

Google search engine

कार्यक्रममा आँधीखोला सञ्चार सहकारी संस्थाका अध्यक्ष शान्ता थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सञ्चारिकाले सञ्चारिका समूहका संस्थापक अध्यक्ष भवानी अधिकारी, निवर्तमान अध्यक्ष कला राना, सञ्चारिका समूहका सल्लाहकार शान्ता थापा र सञ्चारिका समूहका पूर्व सचिव प्रतीक्षा काफ्लेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले लुकेर रहेका विशेष गरी लक्षित वर्गका विषयहरुलाई पत्रकारिताको माध्यमबाट बाहिर ल्याउन आग्रह गर्नुभयो ।

लक्षित वर्गका नागरिकहरु, हिंसामा परेका महिला, अपाङ्गता भएका ब्यक्तिहरु, बालबालिका, सीमान्तकृत नागरिकहरुका विषयवस्तु सञ्चार क्षेत्रमा कसरी ल्याउने भन्ने विषयमा लीलाकुमारी पौडेल, अपाङ्गता भएका ब्यक्तिहरुका सवालहरु तथा सञ्चार क्षेत्रसँगको अपेक्षाका विषयमा अपाङ्ग सशक्तिकरण तथा सामुुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुली, महिला पत्रकारहरुको अवस्था र सवालहरुका विषयमा सञ्चारिका समूह स्याङ्जाका संस्थापक अध्यक्ष भवानी अधिकारी, लैङ्गिक हिंसा र एकद्वार संकट ब्यवस्थापन प्रणालीका विषयमा जिल्ला अस्पताल स्याङ्जाका ओसिएमसी प्रमुख गीता न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तैगरी लक्षित क्षेत्रका आवाजहरुका सवालमा ज्येष्ठ नागरिकका विषयमा ज्येष्ठ नागरिक समाजका गण्डकी प्रदेश अध्यक्ष धुर्वराज अधिकारी तथा ज्येष्ठ नागरिक मञ्च स्याङ्जाका अध्यक्ष कल्पाना बस्याल, सीमान्तकृत र दलित समुदायका सवालहरुमा दलित समुदायको परम्परागत सीप विकास केन्द्रका अध्यक्ष लीलबहादुर रनपाल, मुस्लिम समुदायका सवालहरुका विषयमा जोया निशा, एकल महिलाहरुका सवालमा एकल महिला भगवती भण्डारी पाण्डे, बालबालिकाका सवालहरुमा जिल्ला बाल अधिकार समिति स्याङ्जाका अध्यक्ष सुजता पौडेलले सहजीकरण गर्नुभएको थियो ।

सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यवाद सञ्चारिका समूह स्याङ्जाका अध्यक्ष साधना न्यौपानेले, सञ्चालन सञ्चारिका समूह स्याङ्जाका उपाध्यक्ष आरती कुँवरले गर्नुभएको थियो भने स्वागत स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले गर्नुभएको थियो ।

Google search engine