वालिङ १४ पेखुमा ३ दिने उद्घोषण तालीम समापन

0
96
Google search engine

आरती कुँवर
वालिङ, ३१ जेठ ।
वालिङ १४ पेखुमा महिलाहरुको लागी ३ दिने उद्घोषण तालीम समापन भएको छ । सामुदायिक सिकाई केन्द्र वालिङ, ९को आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा बोल्ने कला सम्बन्धी ३ दिनको उद्घोषण तालिम वालिङ, १४को हिमशिखर आधारभूत विद्यालयमा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य प्रशिक्षक रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले, हिमशिखर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र खाँण, प्रध्यानाध्यापक मित्रलााल खनाल, जग्गादाता कल्याणी खाँण, सहभागिको तर्फबाट पुर्णा थापा आले, पवित्रा अर्याल, टुक बहादुर बि.क, इन्द्र बहादुर चर्माकार, बबिता खड्का लगायतले बोल्नुभएको थियो ।
तालीममा मुख्य प्रशिक्षक रेडियो आँधीखोला एफएमका स्टेशन म्यानेजर तोलाकान्त बगाले र सहायक प्रशिक्षक आयुष्मा काफ्लेले सहजीकरण गर्नुभएको थियो । सिकाई केन्द्रका अध्यक्ष चक्र बहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन केन्द्रका सचिव धु्रर्व पंगेनीले गर्नुभएको थियो । तालीममा ३५ जनाको सहभागिता थियो ।

Google search engine
Google search engine