वालिङ, १४ पेखुमा ३ दिने उद्घोषण तालीम शुरु

0
161
Google search engine


आरती कुँवर
वालिङ, ३० जेठ ।
वालिङ १४ पेखुमा महिलाहरुको लागी ३ दिने उद्घोषण तालीम शुरु भएको छ । सामुदायिक सिकाई केन्द्र वालिङ, ९को आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा बोल्ने कला सम्बन्धी ३ दिनको उद्घोषण तालिम वालिङ, १४को हिमशिखर आधारभूत विद्यालयमा शुक्रबारदेखी शुरु भएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेले बोल्ने कलाले मानिसलाई सबैभन्दा बेग्लै बनाउने भन्दै यो तालीम लिएपश्चात सही रुपमा उपयोग गर्न सहभागिलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा सिकाई केन्द्रका सल्लाहकार सदस्य भुपराज बगाले, वालिङ, १४ का वडा सदस्य कृष्ण बहादुर खाँण लक्ष्मण लगायतले बोल्नुभएको थियो ।

Google search engine


तालीममा मुख्य प्रशिक्षक रेडियो आँधीखोला एफएमका स्टेशन म्यानेजर तोलाकान्त बगाले र सहायक प्रशिक्षक आयुष्मा काफ्लेले सहजीकरण गर्नुभएको छ । सिकाई केन्द्रका अध्यक्ष चक्र बहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत हिमशिखर आधारभूत विद्यालयका प्रध्यानाध्यापक मित्रलाल खनालले र सञ्चालन केन्द्रका सचिव धु्रर्व पंगेनीले गर्नुभएको थियो । तालीममा शिक्षिका तथा महिलाहरुको सहभागिता ३५ जना रहेको छ । तालीम शनिबार सकिनेछ ।

Google search engine