देशमा भईराखेको कुशासनको मुल्य नेपाली जनताले भोग्नुपरेको ः उपसभापति डा. वाग्ले

0
515
Google search engine

आरती कुँवर
वालिङ, २४ जेठ ।
देशमा भईराखेको कुशासनको मुल्य नेपाली जनताले भोगिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय उपसभापति तथा अर्थविद् माननिय डाक्टर स्वर्णीम वाग्लेले बताउनुभएको छ । स्याङ्जाको वालिङमा राष्ट्रिय स्वतन्त्र पार्टीको आयोजनामा गरिएको खुल्ला सभालाई सम्बोधन गर्दै डाक्टर वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले सदियौदेखि देशको नेतृत्व गरिरहेका ठुला पार्टिहरुले राम्रो कार्य गर्न नसेका कारण नेपाली जनताले दुख पाइराखेको बताउनुभएको हो । स्वर्गको सुन्दर टुकुरा नेपाल र यस देशका नागरिकले साच्चिकै स्वर्गको महशुस हुने गरी काम हुन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको उहाँले उल्लेख गर्नुभयो ।
देशमा रहेको विकृति, विसङगतिलाई जरै बाट उखेलेर फ्याक्ने र देशमा शुसान कायम गर्नका लागि रास्वपाले हरदम प्रयत्न गर्ने बताउदै नेपाली जनताको मनमा बस्ने पार्टीका रुपमा रास्वपा खडा हुने उहाँले दाबी गर्नुभयो ।

Google search engine


कार्यक्रममा केन्द्रिय मनाव संसाधन तथा विभागका सदस्य दिनेश तिवारी दिनकर नेपाल, केन्द्रिय सदस्य मेघ बहादुर आले, केन्दिय सदस्य कुसुम महर्जन, गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाठी, कृष्ण प्रसाद लम्साल, केन्द्रिय संगठन विभागका सदस्य झविलाल डुम्रे, बाग्मती प्रदेश पुर्व मन्त्री जिता बराल, केन्द्रिय प्रशिक्षक विभागका प्रमुख जगदीश शर्मा स्याङ्जा क्षेत्र नं २ का सघिंय उम्मेदवार टिकराज गुरुङ, वालिङ नगरपालिकाका सल्लाहकार तोयनारायण पौडेल, जिल्ला सभापति रुक्मागत भण्डारी लगायतले २०८४को चुनावमा परिवर्तनको घण्टी बजाउनका लागि सबैमा अनुरोध गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले शनिबार वडा भेला तथा अधिवेशन र खुल्ला सभा गरि दुई दुई सत्रमा कार्यक्रम गरेको हो । कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका वालिङ नगर अध्यक्ष सुरेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन गण्डकी प्रदेश प्रशिक्षण विभाग सदस्य प्रकाश अर्यालले र स्वागत नगर उपसभापति पुष्पा अर्यालले गर्नुभएको थियो । यसैबीच वालिङका विभिन्न वडाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला तथा वडा अधिवेशन समेत सम्पन्न भएको छ । वालिङका १, २, ४ र १४ मा वडा भेला गरिएको हो भने वालिङ ९ नं वडामा वडा अधिवेशन गरिएको छ । वालिङ १४ मा गरिएको भेलाले सुर्य प्रसाद डुम्रेको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपासभापतिमा गम प्रसाद गैह्रे, सचिवमा श्याम खाँण, कोषाध्यक्षमा पार्वती डुम्रे रहनुभएको छ भने सदस्यमा सन्तोष डुम्रे, तेज प्रसाद तिवारी र प्रकाश पंगेनी रहनुभएको छ ।
यस्तै वालिङ १ मा गरिएको भेलाले भवानी प्रसाद ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपसभापतिमा भेषराज रेग्मी रहनुभएको छ भने सदस्यमा वाशुदेव रेग्मी, कृष्ण हमाल, दिपक काफ्ले, हेम कुमारी काफ्ले र सगुन शाही रहनुभएको छ ।


त्यस्तै वालिङ २ मा गरिएको भेलाले अमृत आलेको संयोजकत्वमा वडा समिति गठन गरिएको छ । उपसभापतिमा श्याम बहादुर एस.के, सचिवमा मोहन राना रहनुभएको छ भने सदस्यमा पितम बहादुर खड्का, अनिता सार्की र सम्भर बहादुर बुढाथोकी रहनुभएको छ ।
यस्तै वालिङ ४ मा गरिएको भेलाले शेर बहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपसभापतिमा कोपिला खनाल, सचिवमा रोहित गुरुङ रहनुभएको छ भने सदस्यमा खेम बहादुर राना, राजु सुवेदी प्रकाश खनाल र देउ बहादुर गुरुङ रहनुभएको छ ।
वालिङ ९ मा गरिएको वडा अधिवेशनले भुपराज डुम्रेको संयोजकत्वमा वडा समिति गठन भएको छ । जसको उपसभापतिमा पवित्रा रावत क्षेत्री, सचिवमा नविन प्रसाद पंगेनी रहनुभएको छ भने सदस्यमा धन बहादुर कुँवर, लेखनाथ भट्टराई, महेश श्रेष्ठ, राधादेवी थापा, राजन श्रेष्ठ, अपसरा देवी र अनु कुँवर रहनुभएको छ ।

Google search engine