गल्याङमा ३ दिने उद्घोषण तथा क्षमता विकास तालीम शुरु

0
99
Google search engine

आरती कुँवर
वालिङ, २४ जेठ ।
गल्याङमा ३ दिने उद्घोषण तथा क्षमता विकास तालीम शुरु भएको छ । महिला शसक्तिकरणका लागि गल्याङ ९ नं वडा कार्यालयको आयोजनामा ३ दिने उद्घोषण तथा क्षमता विकास तालिमको आज शनिबार शुभारम्भ गरिएको हो । गल्याङ, ९ नं वडा कार्यालय भवनको सभाहल टेक्रेमा भएको कार्यक्रममा बोल्नुहुँदै गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले तिमिल्सीनाले यो तालिमले महिलाहरुको क्षमता विकासमा टेवा पुर्याउने बतानुभयो । साथै तालीममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न समेत सहभागिहरुलाई आग्रह गर्नुभयो ।
गल्याङ वडा नं ९ का वडा अध्यक्ष नामदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कार्यपालिका सदस्य हिरा पाठक र सञ्चालन वडा सचिव विमला चापागाईले गर्नुभएको थियो । तालीमको पहिलो दिन रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले र गल्याङ पोष्ट साप्ताहिकका अध्यक्ष तथा सम्पादक टिकाराम अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९ नं वडा भित्रका महिलाहरुको सहभागिता रहेको छ । तालीम २६ गते समापन हुनेछ ।

Google search engine

Google search engine