वालिङमा मावि विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता

0
231
Google search engine

वालिङ, १६ जेठ
स्याङ्जाको वालिङ,२ सिमलचौपारिमा रहेको अर्मादी वचत तथा ऋण सहकारी संस्थाले हाजिरीजवाफ प्रतियोगिता गरेको छ । गणतन्त्र दिवस तथा संस्थाको शिक्षा उपसमितिको नियमित शैक्षिक कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका भित्रका मावि तहका विद्यालय स्तरीय प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । कार्यक्रममा वालिङ नगरपालिका शिक्षा अधिकृत गिता पाठकले गणतन्त्र दिवसको अवसर पारेर गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न तथा शैक्षिक उन्नयनमा महत्वपुर्ण भुमिका खेल्ने बताउँदै संस्थाले गरेको कार्यको प्रंशसा साथै संस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष माधव प्रसाद रेग्मीले बालबालिकाले जानेको सिपलाई प्रयोग गरि उनिहरुको प्रतिभा प्रस्फुटन गर्न यस प्रकारको कार्यक्रमले थप मदत पुर्याउने बताउनुभयो । यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष घनश्याम अधिकारीले सहकारी संस्थाले विद्यार्थीको नेतृत्व विकासमा सहयोग गर्नृ बताउनुभयो । कार्यक्रममा उपल्लो पेखु माविका प्रअ हरि प्रसाद थापा, पुर्णामृत भवानी माविका शिक्षक रुपक खनाललगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगितामा उपल्लो पेखु मावि प्रथम, पुर्णामृत भवानी मावि द्धितिय र राष्ट्रिय मावि आमडाली तृतिय भएको छ । प्रथम द्धितिय र तृतिय हुनेले ५ हजार ३ हजार र २ हजार नगद, प्रमाण पत्र तथा स्टेशनरी समान सहित पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रम संस्थाका उपसमिति संयोजक हरि किसन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत संस्थाका पुर्व सचिव शिवलाल गौतमले र सञ्चालन शिक्षा उपसमिति सदस्य खिम बहादुर थापाले गर्नुभएको थियो ।

Google search engine
Google search engine