स्याङ्जाका कुँवरले गरे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

0
1587
Google search engine


आरती कुँवर
वालिङ, १७ जेठ ।
स्याङ्जा चापाकोट -३, बिनदिमा जन्मिनुभएका हाल वालिङमा घर भई भारतीय सेनामा कार्यरत सुवेदार कृष्ण बहादुर कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सुवेदार कुँवरले यही जेठ १५ गते सगरमाथा (८,८४८.८६ मि.उचाई ) तथा विश्वको चौथो अग्लो लोहोत्से (८,५१६मि) हिमालको सफल आरोहण गर्नुभएको हो । वालिङ–८, विपि चोकका कुँवर टु अब्लीक टु–फाइभ जिआर गोर्खा राइफल भारतमा कार्यरत हुनुहुन्छ । यसअघि समेत उहाँले सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । यो संगै उहाँले सगरमाथामा दुईपटक आरोहण गर्नुभएको हो भने लोहोत्सेको पहिलो पटक आरोहण गर्नुभएको छ ।
सुवेदार कुँवर मौसम अनुकुल रहेमा लुक्लाबाट भोली काठमाण्डौ फर्कने तालिका रहेको कुँवर समाज नेपाल स्याङ्जाका जिल्ला सचिव क्याप्टेन दिपक कुँवरले बताउनुभयो । काठमाडौमा उहाँको सम्मान गरिने समेत उहाँले बताउनुभयो । साथै विश्वको सर्वोच्च शिखर सगरमाथा तथा चौथो अग्लो हिमाल लोहोत्सेको सफल आरोहण गरी किर्तिमान कायम गर्न सफल भएकोमा सिंगो नेपाल तथा कुँवर समाज गौरवान्वित भएको उहाँको भनाइ छ । । सुवेदार कुँवरलाई उच्च सफलताको कामना सहित जन्मस्थान वालिङमा कुँवर समाजले सम्मान गर्ने तयारी गरिएको समाजका सचिव क्याप्टेन कुँवरले बताउनुभयो ।
कुँवरको आरोहणले समग्र स्याङ्जा र वालिङको समेत गौरव बढाएको छ ।

Google search engine
Google search engine