वालिङ नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीबीच सम्झौता

0
299
Google search engine


वालिङ, ३ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
एक स्थानीय संरचना, एक कृषि परियोजना कार्यान्वयनको संभाब्यता सम्बन्धमा नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीबीच शुक्रबार वालिङमा साझेदारी पत्रमा हस्ताक्षर गरी सम्झौता आदान प्रदान गरिएको हो ।
नगरपालिकाकोतर्फबाट नगर प्रमुख कृष्ण खाँण र कम्पनीकातर्फबाट प्रबन्ध निर्देशक भरतराज ढकालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

Google search engine

एक स्थानीय संरचना, एक कृषि परियोजनालाई नमुनाकोरुपमा सार्वजनिक निजी समुदायको साझेदारीमा कार्यान्वयनको संभाब्यता सम्बन्धी आवश्यक कार्यहरु गर्ने प्रयोजनकालागि साझेदारी हुने भएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । वालिङ नगरपालिका र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा स्थानीय आवश्यकता र ब्यवसायिक संभाब्यताको आधारमा कृषि मूल्य श्रृंखलासँग सम्बन्धित विभिन्न परियोजनाहरु स्थानीय समुदायसँग सहकार्य गरी सञ्चालन हुने भएको हो ।

विस्तृत परियोजना रिपोर्ट तयार गरी स्थानीय समुदायको दीगो आर्थिक र सामाजिक रुपान्तरणको कार्यान्वयन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । दुई पक्षबीच भएको समझदारी पत्रमा कृषि र सम्बन्धित क्षेत्रको ब्यवसायीकरण, स्तरीकरण, स्थानीय समस्याहरुको पहिचान गर्ने उल्लेख गरिएको छ । स्थानीय कृषक तथा उपभोक्ताहरुको आवश्यकता, श्रोतहरुको उपलब्धता र ब्यवसायिक संभाब्यताको आधारमा कृषि मूल्य श्रृंखलासँग सम्बन्धित परियोजनाहरुको खोजी र पहिचान गरिने भएको हो ।

विभिन्न प्रकारका स्थानीय संभाब्यतामध्ये स्थानीय आर्थिक सामाजिक रुपान्तरणकालागि सबैभन्दा उपयुक्त नमूना र दीगो परियोजना छनोट गर्नेलगायतका कार्यहरु गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाको सिफारिस अनुसार स्थानीय युवाहरुलाई मुक्तिनाथ उद्यम केन्द्रमार्फत स्वरोजगार बनाउन कम्पनीले सहकार्य गर्ने कम्पनीका प्रबन्ध निर्देशक ढकालले बताउनुभयो ।

निर्देशक ढकालका अनुसार कम्पनीले कृषि मूल्य श्रृंखला ब्यवस्थापन अन्तरगत उपलब्ध उत्पादन, प्रशोधन, पोष्ट हार्भेष्ट ब्यवस्थापनसँग सम्बन्धित गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरुसमक्ष पु¥याउन सहयोग गर्ने छ । कम्पनीले नगरपालिकाको आवश्यकताका आधारमा वार्षिक कृषि कार्यक्रमको योजना, वार्षिक कृषि परामर्श सेवा, विभिन्न प्रविधिहरुको प्रयोग, तालिम तथा परीक्षणमा सहयोग गर्ने भएको हो । सम्झौता अवधि एक वर्षको रहने भएको हो ।

त्यस्तगरी वालिङ नगरपालिका र मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेडबीच वालिङ नगरपालिकासँग आवद्ध भएका कृषकहरुले उत्पादन गरेका खसी बोका खरिद गरी बधशालामा बध गर्ने प्रयोजनकालागि सम्झौता भएको हो । यो परियोजना अन्तर्गत कृषकहरुले उत्पादन गरेको खसी बोका आँफै बिक्री गर्न पनि पाउने र बिक्री नभएको खण्डमा कम्पनीमार्फत खरिद गरिदिने ब्यवस्था मिलाईएको हो । दुई वर्षको अवधि रहने गरी दुई पक्षबीच भएको सम्झौतामा नगर प्रमुख कृष्ण खाँण र कम्पनीकातर्फबाट मुक्तिनाथ लाईभस्टक बैंकका अध्यक्ष उमेशकुमार आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

Google search engine