५४ जना छात्रा तथा किशोरीहरुलाई आत्मरक्षा तालीम

0
376
Google search engine

आरती कुँवर
वालिङ जेठ ३ ।
वालिङका ५४ जना छात्रा तथा किशोरीहरु लाई आत्मरक्षा सम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक तालीम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना, वालिङ नगरपालिकाको समन्वय तथा अकला आवाज मिडिया प्रालिको सहकार्यमा गरिएको दुई दिवसीय कार्यक्रममा ५४ जना छात्रा तथा किशोरीहरुले आत्मरक्षाको तालीम लिएका हुन् ।
सामाजिक क्षेत्रमा अनुकरणीय कार्यहरु गर्दै आएको सामाजिक विकास कार्यालय, स्मार्ट सिटिको अवधारणामा अगाडि बढेको वालिङ र जनताको आवाज बोल्दै आएको अकला आवाज मिडियाले वालिङमा आत्मरक्षा कार्यक्रमको आयोजना गरेका थिए ।
समाजमा पछिल्लो समय बालिकाहरु विभिन्न घटनाहरूको सिकार बनिरहेका बेला सामाजिक विकासले किशोरीहरुलाई विद्यालय तह देखि नै आफ्नो सुरक्षा आफैं गर्न सिक्न र सिकाउनको लागि दुई दिवसीय तालीमको आयोजना गरेको थियो । शुक्रबार देखी शुरु भएको तालीम शनिबार समापन गरिएको हो ।
आत्मविश्वासयुक्त बालिका र किशोरी लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानतासहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण भन्ने मुल नाराकासाथ वालिङस्थित सिटीहलमा तालिम सञ्चालन गरिएको थियो ।

Google search engine

तालिममा पहिलो दिन शुक्रबार सहायक हबल्दार तथा कराँते प्रशिक्षक तस्बिन पुनको टोलीले आत्मरक्षा सम्बन्धी प्रयोगात्मक तथा दोस्रो दिन समेत डेमोको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । यस्तै तालीमको दोस्रो दिन वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक कुमार शर्माले साईबर अपराध सम्बन्धि, वालिङ गह्रौ प्राथमिक अस्पतालका स्वास्थ्य निरीक्षक भोजकुमारी शर्माले यौन तथा प्रजनन स्वास्थ्य, रेडियो आँधीखोला एफएमका अध्यक्ष शान्ता थापाले प्रेम, विवाह र करिअरको सन्तुलन किशोरीहरुको दृष्टिकोणबाट र आयुष्मा काफ्लेले  गुड टच र ब्याड टचको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

समापन कार्यक्रममा महिला अगुवा जैसरा रेग्मी तथा सहभागीको तर्फबाट आरती बस्यालले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सञ्चारकर्मी तथा सञ्चारिका समुह स्याङ्जाका उपाध्यक्ष आरती कुँवरले गर्नुभएको थियो । कार्यक्रममा दुई दिनसम्म वालिङका मावि तहका विद्यालयका तथा जिल्ला बाल संजालका गरि ५४ जना छात्रा तथा किशोरीहरुको सहभागिता रहेको थियो ।

Google search engine