अर्जुनचौपारीमा सकारात्मक चिन्तन कार्यक्रम

0
168
Google search engine

वालिङ, २२ वैशाख ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सकारात्मक चिन्तन कार्यक्रम सम्पन्न भएको छ । अहिलेको मंहगो जीवन शैली, क्षमता नभएपनि स्तरीय जीवन जिउने इच्छा, गरिबी, पारिवारिक विचलन, लागूपदार्थ सेवन, सामाजिक सञ्जालको दुरुपयोग, प्रेममा असफलता जस्ता कारणले मानिसहरुमा सिर्जना भएको मानसिक बिचलनलाई रोक्न जीवनशैली सुखी र खुसी बनाउनुपर्छ भन्ने उद्वेश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले अर्जुनचौपारीमा सकारात्मक चिन्तन कार्यक्रम गरेको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै अर्जुन चौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङले परिवारमा सुख र शान्त वातावरण बनाउँदै आफूमा परेको समस्याहरु आफ्ना अभिभावक र अग्रजलाई बताएर सहज ढंगबाट समस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सकरात्मक सोचले व्यक्तिमा आत्मविश्वास, उत्साह सँगै व्यक्ति कठिन परिस्थितिमा पनि सहजता र सकारात्मकता राख्न सहयोग गर्ने बताउनुभयो ।
सकरात्मक सोच सहित जिन्दगी सरल, सहज गरी लामो समयसम्म जिउन मनोपरामर्शदाता सुदिप घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

Google search engine

सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले सकारात्मक सोचका कारण व्यक्तिको व्यवहारमा सहिष्णुता, विश्वास, र इमानदारी जस्ता सद्गुणहरूको वृद्धि हुने भन्दै यसले जीवनलाई समृद्ध र सन्तुलित बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रम प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अर्जुनचौपारी गाउँपालिका सामाजिक शाखा प्रमुख मनिषा घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुको सहभागिता थियो ।

Google search engine